केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकीकृत समाजवादीले आफैले रोजेको मन्त्रालय लिएर सरकारमा जाने

सहयात्रा टिभी

काठमाडौँ । चैत ३, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले रोजेको मन्त्रालय लिएर आफ्नो दल सरकारमा जाने बताएका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले कम्तिमा ३ मन्त्रालय लिएर आफूहरु सरकारमा जाने बताए । माओवादी केन्द्रले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको भन्दै उनले भने, ‘अब सरकारमा रोज्ने पालो हाम्रो छ । हामी रोजा मन्त्रालय, एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’

गृहतर्फ संकेत गर्दै उनले रोजेको मन्त्रालय लिने र डेभलपमेन्ट र सर्भिस समेत गरेर ३ वटा मन्त्रालय लिएर सरकारमा जाने बताए ।

यद्यपि ककसलाई सरकारमा पठाउने, कसको नेतृत्वमा जाने भनेर पार्टीमा कुनै छलफल नभएको पाण्डेले जानकारी दिए ।

प्रकाशित : 17 March, 2023

प्रतिक्रिया दिनुहोस्