राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने
सहयात्रा टिभी
काठमाडौँ । चैत ६, राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने सूचना जारी गरेको जानकारी प्राप्त भएको छ ।

सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने जानकारी दिएको छ ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘। घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’


