केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से दोहोरो अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । चैत ६, लामो समयपछि शेयर बजार आज (सोमवार) बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । गएको फागुन २५ गतेयता आज पहिलो पटक बजार दोहोरो अङ्कले बढेको हो । बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र न्यादी हाइड्रो पावर कम्पनीको शेयर झन्डै ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सको शेयर साढे ५ प्रतिशतले घटेको छ ।

 

प्रकाशित : 20 March, 2023

प्रतिक्रिया दिनुहोस्