पाल्पाको सात पालिका वन डढेलोको उच्च जोखिममा

काठमाडौँ । चैत ७, पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् ।
डिभिजन वन कार्यालयको अनुसार जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका छन् ।
सातवटा पालिकाका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कुल एकासी वडा मध्ये ३३ प्रतिशत डढेलोको उच्च जोखिममा छन् ।
डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कानुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण मानवीय नै रहेको छ । डढेलोका बारेमा प्रत्येक वर्ष चैत १ देखि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम हुने गरेका छन् ।
जिल्लामा अग्नि नियन्त्रणका लागि उपकरण र जनशक्ति दुवै छैनन् । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायको परिचालनबाट अग्नि नियन्त्रण हुँदै आएको बताउनुभयो ।