केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तोलामा २ हजारले घट्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । चैत ८, बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ ।

मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।

प्रकाशित : 22 March, 2023

प्रतिक्रिया दिनुहोस्