केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेरि सर्‍यो ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा

सहयात्रा टिभी

काठमाडौँ । चैत ८, दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ बुधबार पनि स्थगित भएको छ ।

सर्वोच्च अदालतले बुधबार पेशीसूची प्रकाशित गरी संवैधानिक पदाधिकारी नियुक्तीसम्बन्धी १५ वटा रिट निवेदनको सुनुवाइ स्थगित भएको जनाएको छ ।

ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा २७ महिनादेखि विचाराधिन छ ।

 

प्रकाशित : 22 March, 2023

प्रतिक्रिया दिनुहोस्