केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महेन्द्र बहुमुखी दाङमा नेविसंघ विजयी

सहयात्रा टिभी

काठमाडौँ । चैत ९, यति वेला स्ववियु निर्वाचनले हरेक क्याम्पसको चुनावी माहवल गर्माएको छ । दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा नेविसंघले विजयी हासिल गरेको छ ।

 

नेपाल विद्यार्थी संघका मनोज डिसीले एक हजार ९६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत प्राप्त गरि दोस्रो भए । सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए ।

कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् । त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।

क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल (छैठौं)ले गठबन्धन गरेका थिए ।

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्