केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुष्पलाल मध्यपहाडी राजमार्ग पीडितले पोखरा महानगरमा धर्ना

सहयात्रा टिभी

काठमाडौँ । चैत ९, राष्ट्रिय गौरवको पुष्पलाल मध्यपहाडी राजमार्ग पीडितले पोखरा महानगरमा धर्ना सुरु गरेका छन् ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा महानगर खण्डको रेखांकन विषयमा फेरि विवाद चर्किएको छ ।

रेखांकन विषयमा सुरुदेखि नै विवादमा आइरहेको पोखरा महानगर क्षेत्रभित्र पर्ने वडा नं. १६ र १९ का बासिन्दा टेन्डर प्रक्रियापश्चात काम सुरु भइसकेपछि फेरि आन्दोलित भएका हुन् ।

पोखरा महानगरअन्तर्गत वडा नं. १६ र १९ को मध्यपहाडी लोकमार्ग प्रभावित स्थानीयले आआफ्नो वडा कार्यालय बन्द गर्नेदेखि लिएर महानगरमा धर्ना दिन सुरु गरेका छन् ।

पुष्पलाल मध्यपहाडी राजमार्ग पीडित संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दाले चैत १ गतेदेखि दैनिक २ घन्टा, ८ गतेबाट साढे १ बजेसम्म वडा कार्यालय बन्द गर्दै आएका छन् ।

 

 

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्