केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से १८ अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । चैत ९, साताको अन्तिम कारोबर बिहीबार सेयर बजार परिसूचक नेप्से ०.९४ प्रतिशतले घटेको छ ।

 

बिहीबार नेप्से १८.१५ अंकले गिरावट भएर १९१५.१४ अंकमा बन्द भएको छ । बजारमा सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।

बिहीबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै २८ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्