सर्वसाधारणले विनाटिकट रानीपोखरी अवलोकन गर्न पाउने

सहयात्रा टिभी

काठमाडौं । चैत १०, रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणले विनाटिकट रानीपोखरी अवलोकन गर्न पाउने भएको छ ।

महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाकाले जनाएको छ ।

२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो ।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

लामो समय बन्द हुँदा र मर्मत सम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरुप बनेको थियो । अहिले भने सरसफाइ गरेर रानीपोखरी सबैका लागी खुल्ला गरीएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रकाशित : 24 March, 2023

प्रतिक्रिया दिनुहोस्