अख्तियारले कमल पराजुली विरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन

सहयात्रा टिभी

काठमाडौँ । चैत १२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यागमन अधिकृत कमल प्रसाद पराजुली विरुद्ध विशेष अदालतमा गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको जनाएको छ ।

विशेष अदालतले पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो । यही मुद्दामा मुछिएका अन्यलाई विशेष अदालतले सफाइ दिएको थियो ।

अख्तियारका प्रवक्ता भोला दाहालले विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेकाले चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिए ।

पराजुली अध्यागमन कार्यालयमा हुँदा घुस लिएको र गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

पराजुलीमाथि श्रम स्वीकृति नलिई दुबई, कतार लगायतका देशमा मानिसहरुलाई पठाउने, ती देशमा ट्रान्जिट भई अन्य मुलुकमा जान प्रस्थान अनुमति दिने र अभिलेख मेटाउने आरोप थियो । पराजुलीलाई २०७६ साल साउन २१ गते अख्तियारले पक्राउ गरेको थियो ।

 

 

प्रकाशित : 26 March, 2023

प्रतिक्रिया दिनुहोस्