सदस्य देवकोटाद्धारा शिक्षाको अवस्था नाजुक विषयमा ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाडौँ । चैत १२, राष्ट्रियसभामा बोल्दै सदस्य खिमलाल देवकोटाले नेपालको शिक्षाको अवस्था नाजुक रहेकोमा ध्यानाकर्षण गराएका छन् ।

विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौं सरकारी विद्यालयहरु ध्वस्त भएको छ भन्दै त्यस विषयमा गम्वीर भएर सोच्न सरकार समक्ष आग्रह गरेका छन् ।

उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुकाएको जिकीर समेत गरे । उनले शुल्क बढी भएको विषयमा बोल्दै भने निजी कलेज, स्कुलले शुल्क बढाउँछन् तर सरकार मौन छ ।’

विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौं सरकारी विद्यालयहरु ध्वस्त भए । हुँदैछन् । नेपालबाट दिनहुँ विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै सरकारले यसमा गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

उनले सभामा बोल्दै नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ । भन्दै भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्न सरकार समक्ष आग्रह गरे ।

 

प्रकाशित : 26 March, 2023

प्रतिक्रिया दिनुहोस्