पोखरा महानगरपालिका वडा -१२ ले अर्को नयाँ कामको थालनी

सहयात्रा टिभी

काठमाडौ । चैत १५, पोखरा महानगरपालिकाको वडा नम्बर १२ ले  वडा तहबाटै जनताले स्थानीय सरकारका सेवा पाउँछन् भन्ने महसुस गराउन अर्को नयाँ कामको थालनी गरेको छ ।

वडा -१२ ले निःशुल्क एम्बुलेन्स सेवा दिने, विदेशी डाक्टरलाई ल्याएर घरघरै ज्येष्ठ नागरिकको उपचार गर्ने, सुरक्षाका लागि टोल–टोलमा सिसी क्यामरा जडान गर्ने जस्ता काम गरिरहेको छ ।

अब वडा तहबाटै जनताले स्थानीय सरकारका सेवा पाउँछन् भन्ने महसुस गराउन लागिपरेका सन्तोष बास्तोला नेतृत्वको वडाले अब मोबाइलबाटै सेवा लिन मिल्ने गरी एप सञ्चालनमा ल्याएको छ भने प्लास्टिक व्यवस्थापन र प्रयोगमा नमूना बन्ने गरी ठूलो परियोजना वडामा सुरु गरेको छ ।

वडाका सबै सेवा मोबाइल एपबाटै लिन सक्ने सुविधाको सुरुआत र प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि दातृ निकायसँग मंगलबार एकसाथ सम्झौता भएको छ ।

वडाको सेवालाई पेपरलेस बनाउने गरी जन्मदर्ता, विवाहदर्ता, नाता प्रमाणित लगायत सेवा दिने एपको वडाध्यक्ष सन्तोष र पोखराका मेयर धनराज आचार्यले मंगलबार सार्वजनिक गर्दै काम थालिएको हो । युगअनुसारको सेवा दिने प्रयास वडाले गरेको बास्तोलाको भनाइ छ ।

 

 

प्रकाशित : 29 March, 2023

प्रतिक्रिया दिनुहोस्