सुनको मूल्य आज तोलामा एक हजार बढ्यो

सहयात्रा टिभी

काठमाडौं । चैत २१, नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले बढेको छ । सोमबार तोलामा ६०० ले घटेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो ।

प्रकाशित : 4 April, 2023

प्रतिक्रिया दिनुहोस्