एभरेस्ट एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटनामा पर्यो

काठमाडौँ । चैत्र २६, धौलागिरि बेसक्याम्प नजिकै ल्याण्ड गर्ने क्रममा एभरेस्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । यसको पूर्ण विवरण आईसक्न बाकिनै छ ।
उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिएको छ तर यथार्थ विवरण लिने प्रयास भइरहेको गौतमले बताए ।
पाइलटको प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । बेस क्याम्पमा ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेको र पाइलट सकुशल रहेको पोखरा विमानस्थलका टावर कन्ट्रोलर योगेन्द्र केसीले जानकारी दिए । प्रियाको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने उनको भनाइ छ ।