चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

सहयात्रा टिभी

काठमाडौँ । चैत २९, चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको जानकारी प्राप्त भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ ।

आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् । अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् । आगो नियन्त्रण पछि बाकी क्षतिबारे जानकारी प्राप्त हुने जनाएको छ ।

प्रकाशित : 12 April, 2023

प्रतिक्रिया दिनुहोस्