जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्ने
सहयात्रा टिभी
काठमाडौँ । बैशाख १, दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्ने जानकारी प्राप्त भएको छ ।

नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको जनाएको छ । कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ ।


