केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेपाली सेनाले अंग्रेजलाई हराएको स्मरणमा उत्सव मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ७, नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा आज रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइँदैछ ।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ स्थित जितगढीमा हुने उत्सवलाई लक्षित गरी नेपाली सेनाले गोरखादेखि शुरु गरेको पैदलयात्रा पनि आज बुटवल आइपुग्दैछ ।

नेपाली सेनाको टोलीलाई बुटवल उपमहानगरले स्वागत गरेपछि यात्रा समापन हुने छ । नेपाली सेनाले आजै जितगढी किल्ला व्यवस्थापनको जिम्मा बुटवल उपमहानगरलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।

गोरखाबाट गत चैत २९ गते नेपालको राष्ट्रिय झण्डासँगै नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ४८ जना नेपाली सेनाको टोली जितगढीको लागि पैदलयात्रा सुरू गरेको थियो ।

 

 

प्रकाशित : 20 April, 2023

प्रतिक्रिया दिनुहोस्