शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सर्वेक्षणमामा ९० वटा हिउँ चितुवा फेला

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ८, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सर्वेक्षणमा ९० वटा हिउँ चितुवा फेला परेको जानकारी प्राप्त भएको छ ।

विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) सँगको साझेदारीमा निकुञ्जले हिउँ चितुवाको सर्वेक्षण गरेको जनाएको हो ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा वैज्ञानिक सर्वेक्षण गरिएको यो पहिलो पटक हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर महेश्वर ढकालले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा हिउँ चितुवा देखिनु उपलब्धिको विषय भएको बताउनुभयो ।

हिउँ चितुवालाई लोपोन्मुख जनावरको रुपमा लिइन्छ ।

प्रकाशित : 21 April, 2023

प्रतिक्रिया दिनुहोस्