चिनियाँ टोलीद्धारा काठमाडौं–केरुङ रेलमार्गको अध्ययन शुरु

काठमाडौँ । बैशाख १२ , चीनले बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको काम धमाधम अघि बढाएको छ ।
चिनियाँ चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीद्धारा काठमाडौं–केरुङ रेलमार्गको अध्ययनका लागी रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन शुरु गरेको जनाएको छ ।
त्यसपछि चीनबाट ३७ जनाको प्राविधिक टोली नेपाल आएर अध्ययनको काम गरिरहेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अहिले पनि चिनियाँ टोली फिल्ड (प्रस्तावित निर्माणस्थलहरु)मा नै छन् ।
केही प्राविधिकले काठमाडौंमा नै बसेर काम गरिरहेका छन् भने केही प्राविधिक फिल्डमा खटिएर अध्ययनका लाति डाटा संकलन गरिरहेका छन् । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु रसुवा, नुवाकोट, काठमाडौं लगायतका क्षेत्रमा अध्ययनमा खटिएका छन् ।
चिनियाँ पक्षले माग गरेका जग्ग जमिन, वन तथा अन्य विभिन्न तथ्य तथ्यांक रेल्वे विभागले उपलब्ध गराइरहेको छ । चिनियाँ अधिकारीहरुले फिल्डमा मागेका सुरक्षा, प्राविधिक तथा जनशक्तिसम्बद्ध सहयोग पनि विभागले चिनियाँ पक्षलाई गरिरहेको मन्त्रालयका एक अधिकारीले बताए ।