दार्चुला हिमपहिरोमा ज्यान गुमाएका सबैको सनाखत, बाकि खोजि जारी

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २१, मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका-१ को भोलुम डाँडामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका सबैको सनाखत भएको र  बाकि हराइरहेकाको खोजि जारी रहेको जानकारी प्राप्त भएको छ ।

भोलुम डाँडाको भिरमा अड्किएको अवस्थामा बुधबार शव निकालिएका तीनै जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

भीरमा अड्किएको अवस्थामा निकालिएको शव दार्चुलाको दुहुँ गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानकारी दिए ।

उनीहरुको शव भिरबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल ल्याइरहेको डीएसपी पाण्डेले बताए ।

हिमपहिरोमा हराइरहेका डोटीको जोरायल गाउँपालिका-२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अज्ञात छ । उनीहरुको खोजीका लागि बिहीबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ लागेको छ ।

 

प्रकाशित : 4 May, 2023

प्रतिक्रिया दिनुहोस्