अमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख ठगी गरेको आरोपमा एक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । वैशाख २९, अमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १० घर भई हाल काठमाडौं महानगर-१५ बस्‍दै आएका ५६ वर्षीय ओम शाक्‍य रहेका छन् ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडित पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिन्छु भन्‍दै २० लाख र पटक पटक गरी १५ लाख गरी ३५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रकाशित : 12 May, 2023

प्रतिक्रिया दिनुहोस्