‘पुष्पा २’ मा रणवीर सिंहको एन्ट्री
सहयात्रा टिभी
काठमाडौं । जेठ १०, सुपरहिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको छायांकनमा अब रणवीर सिंहको एन्ट्री हुन लागेको सुनिएको छ ।
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् । यो फिल्ममा रणवीर प्रहरीको भूमिकामा देखिनेछन् । रणवीर यसअघि फिल्म ‘सिम्बा’ मा प्रहरीको भूमिकामा देखिएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा रणवीर प्रहरी अधिकृतको भूमिकामा देखिनेछन्, जसले पुष्पराजलाई परिचय गराउनेछन् ।
यो फिल्ममा रणवीरको भूमिका निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ । यस्तो अवस्थामा दर्शक उनको भूमिकाबारे थाहा पाउन उत्साहित छन् र उत्कृष्ट एक्सन र ट्विस्टको अपेक्षा गरिरहेका छन् ।