केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाङमा जीप र स्कुटर आपसमा ठोक्कीदा एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, दाङमा जीप र स्कुटर आपसमा ठोक्कीदा एक शिक्षिकाको मृत्यु भएको जनाएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्साल रहेकी छन्।

बिहिबार बिहान करिब १० बजे दंगिशरण गाउँपालिका-५ कमलगढीमा रा १ ज ९२३ नम्बरको जीपले रा ७ प ४२३७ नम्बरको स्कुटरमा सवार लम्सलालाई ठक्कर दिएको थियो।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजानेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

मृतक लम्साले मावि तुलसीपुर धनौरी शान्तिनगरमा अध्यापन गराउँदै आएकी थिइन् । बिहिबार बिहान विद्यालयमा पढाउँने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित : 25 May, 2023

प्रतिक्रिया दिनुहोस्