बुटवलबाट पाल्पाको बसन्तपुरसम्म चल्ने केबलकार सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ १५, बुटवलबाट पाल्पाको बसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ ।

कुल ५ अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ भने माथिल्लो स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल लगायत संरचना निर्माण हुने क्रममा छन् ।

२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको केबुलकार एक वर्षभित्र सञ्चालनमा ल्याउने भनिए पनि कोराना महामारीको असरका कारण निर्धारित समयभन्दा केही ढिला सञ्चालनमा आएको हो ।

सोमबार केबलकारको तल्लो स्टेशनमा पण्डितहरुबाट धार्मिक विधि अनुसार पूजाआराधना गरेपछि केबलकार सञ्चालन भएको हो ।

प्रकाशित : 29 May, 2023

प्रतिक्रिया दिनुहोस्