केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललितपुरमा पर्यटकका लागि ‘स्मार्ट शौचालय’ निर्माण सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि ‘स्मार्ट शौचालय’ निर्माण सुरु गरेको जानकारी प्राप्त भएको छ ।

शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले बिहीबार शिलान्यास गरेका छन् । उक्त शौचालयमामा स्तनपान कक्षसमेत रहने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।

यो शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने बताउँदै उनले भने, ‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौं ।अपाङगता र ज्येष्ठ नागरिकमैत्री यो शौचालय छ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।’

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि बढेको बताए ।

उनले ९ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिए । उनले भने, ‘शौचालय बसेर लामो सास तान्न पनि नगन्हाउने शौचालय निर्माण गर्छौ ।’

 

प्रकाशित : 1 June, 2023

प्रतिक्रिया दिनुहोस्