लुम्बिनीमा निर्मित केबलकार प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

काठमाडौँ । जेठ २५, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको जानकारी प्राप्त भएको छ ।
उहाँले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गर्नुभएको हो ।
बुटवल उपमहानगरपालिका– ३ गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म झन्डै तीन किलोमिटर दूरीको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।
लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ ।