पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गयो

काठमाडौं । जेठ २६, स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ ।
आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डोजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो ।
डोजरले ठक्कर दिँदा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा ज्यान गएको प्रहरीले जनाएको हो । अहिले उहाँको शव पोस्टमार्टमका लागि वालिङको गह्रौ प्राथमिक अस्पतालमा राखिएको छ ।