काठमाण्डौं । वैशाख – ५, गुन्डा नाइके मनोज पुनको इन्काउन्टरमा प्रहरीद्धारा मारिएको दुइ महिना नबित्दै उनका सहयोगीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
सत्तारुढका केन्द्रिय सदस्य देखि भातृ संगठनका नेता लगायत हालसम्म २३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, युथ फोर्सका पूर्व जिल्ला नेता उत्तम आचार्य त्यसैगरि मदिरा उद्योगी हरि श्रेष्ठ समेत रहेका छन् । पक्राउ परेकाहरुले मनोजलाई जिल्लाका उद्योगी व्यवसायीहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले जानकारी दिए । मनोज पुनको जालोमा पक्राउ परेका केहि व्यक्तिहरु राजनीतिक व्यक्ति भए पनि उनीहरुलाई कुनै दलले संरक्षण नदिएको प्रहरीले जानकारी दिएको छ ।


बुधवार बंगलादेशको राजधानी ढाकामा भएको ड्रमा नेपाल समूह ‘ए’मा परेको हो । नेपालको समुहमा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । प्रतियोगिता आगामी भदौ १९ गतेदेखि ३० गतेसम्म बंगलादेशमा हुनेछ । बंगबन्धु रंगशालामा हुने खेलमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ ।



बन्दको कारण पुर्वी जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका पहाडी जिल्लामा जनजीवन पुर्ण प्रवावित भएको छ भने झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्लाहरुमा पनि सामान्य प्रभाव परेको छ । अर्को तर्फ आजै पुर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर हरैंचास्थित गछियामा बम फेला स्थानीयमा त्रासको स्थिति सिर्जना भएको थियो ।
गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर साढे ७ प्रतिशत भएको मा तराईमा गएको बाढी,घट्दो रेमिटेन्स र कर्जाको उच्च व्याजदरले वृद्धिदरको कारणले आर्थिक वृद्धिमा कमी आउने विश्व वैङ्कको प्रक्षेपण रहेको छ । एशियाली विकास ब्यांक (एडीबी)ले यसअघि नै आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने थियो ।