Category: रिपोटर्स आई

‘रिपोेर्टस आई’ मा हामी सहयात्राटीभी डट कमका प्रतिनीधि वा संवाददाताले समाजमा देखेका रोचक र घोचक घटना र विषयवस्तुलाई दृश्य मार्फत पस्कन्छौं । (भिडियो मात्रै)

  • आज र भोलि कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

    आज र भोलि कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

    काठमाडौं । असोज १६, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाले बुधबार बिहान ६ बजेको बुलेटिनमा कोशी र वाग्मतीका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

    कोशी प्रदेशमा भने बिहानैदेखि वर्षा भइरहेको छ । आज दिनभर कोशी प्रदेशमा झरी पर्ने छ । भोलि पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशमा केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा छ । त्यसैले यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने सम्भावना छ ।

    यसअघि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पुर्‍याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

  • तपाईंको आजको राशिफल

    तपाईंको आजको राशिफल

    आज – १६ आश्विन २०८१ बुधवारको राशिफल

    मेष : शुभकार्यमा अवरोध हुनेछ। व्यापारमा घाटा र मन अशान्त हुनेछ। राजनीतिक संगठनमा समस्या हुनसक्छ। न्यायको पक्षमा गरेको प्रयास सफल हुनेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

    वृष : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। यो क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परिवारले साथ दिनेछन्। तपाईंलाई ग्रहले साथ दिएका छन्। बिहानै गणेशको पूजा गरेमा दिन सहज बन्नेछ।

    मिथुन : कार्यशैलीकै कारण मन अशान्त बन्नेछ। साना कुराले सताउने छ। इष्टदेवको सेवा गरेर अगाडि बढेमा मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ।

    कर्कट : शुभग्रहको बहुमत भएकाले काम बन्नेछ। धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ। शान्ति र सम्पत्तिले साथ दिनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह : मन अशान्त बन्नेछ। शंका गर्नेको संख्या बढ्नेछ। साथी र राजनीतिक संगठनको बलमा काम सफल बन्नेछन्। परिवारमा संवेदनशील अवस्था बाहेक थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

    कन्या : दैनिकी राम्रो छ। सोह्र श्राद्धको अन्तिम दिन भएकाले विधिवत पितृको विर्सजन गरेमा दिन सहज बन्नेछ। लगानीको क्षेत्रबाट नाफा र उत्साह थपिनेछ। सम्पत्ति र खर्च बराबर हुनेछ।

    तुला : नसोचेको क्षति हुनसक्छ। राज्यको विसंगतिले दुःखी बनाउने देखिन्छ। बिहान गणेशको स्मण गर्ने बानीले दिन शान्त बन्ला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : समय सापेक्ष हुन नसक्दा विवादमा अल्झने दिन छ। बिहान गणेशको पूजा गरेमा मन शान्त बन्नेछ। आफन्तबाट धन आर्जन हुने योग रहेको छ। गणेशलाई दुबो चढाउँदा फाइदा हुनेछ।

    धनु : राम्रो कामको सुरुवात हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। परिवारको तर्फबाट सकारात्मक काममा सहयोग मिल्नेछ। दिन शान्त र सहजै बित्ने देखिन्छ।

    मकर : धर्मस्थानमा अनुकुल ग्रह बसेका छन्। पितृले आर्शिवाद दिने दिन छ। राज्य र साथीबाट साथ र सहयोग रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। भ्रमणको अवसर जुट्नेछ।

    कुम्भ : अचानक रोग देखिने छ। मनमा रोग बढ्नेछ। मध्य साढेसातको सामना गर्नुपर्ने भएकाले पितृको आर्शिवाद लिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। यसले दिन शान्त र परिवारमा मेलमिलाप हुनेछ।

    मीन : भाग्य चम्किने दिन छ। आफू शान्त बन्न सके सबै काम बन्नेछन्। राज्य र समाजको सेवामा अवसर मिल्नेछन्। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ खर्च कटौती गर्न सके दिन रमाइलोसँग बित्नेछ।

  • पूर्व तयारीमा केही कमजोरी भएको हुनसक्छ : प्रधानमन्त्री ओली

    पूर्व तयारीमा केही कमजोरी भएको हुनसक्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । असोज १५, प्रधानमन्त्री केपी शर्मा ओलीले यति भयावह बाढी पहिरो आउला भन्ने पूर्वामानुमान नभएको बताएका छन् ।

    असोज ११ र १२ गते भएको भारी वर्षासँगै आएको बाढी पहिरो र डुबानले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारले पूर्व तयारी गरेको थिएन ।

    उनले अगाडि भने, ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन । यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’

    ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थै, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो’ उनले भने ।

    विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो गरेको प्रधानमन्त्री ओलीले बताए । ‘केही गर्दै नगरेको होइन । सक्दो गरेको छ’, उनले अगाडि भने, ‘ पूर्व तयारीमाकेही कमजोरी भएको हुनसक्छ । भएको छ भने आगामी दिनमा सच्याउनुपर्छ ।’

     

  • बाढी पहिरोबाट १७ अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान

    बाढी पहिरोबाट १७ अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान

    काठमाडौं । असोज १५, सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् ।

    बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएका छन् । त्यसमा पनि काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित छन् ।

    उनका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् ।

    बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।

    कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले बताए ।

    खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए ।

     

  • इजरायलले हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गर्‍यो

    इजरायलले हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गर्‍यो

    काठमाडौं । असोज १५, इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गरेको छ । यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका बीबीसीले जनाएको छ ।

    यसअघि इजरायलले लेबनानको राजधानी बेरुतसहितका ठाउँमा हवाई आक्रमण गर्दै आएको थियो । इजरायलले गरेको हवाई आक्रमणमा हिजबुल्लाह समूहका प्रमुखसहित ७ सयभन्दा धेरै मानिस मारिएका छन् ।

    आईडीएफले ७० हजारदेखि १ लाख सैनिक लेबनानको दक्षिणी सीमामा परिचालन गर्दैछ । इजरायली सेनाले सीमा क्षेत्रमा हिजबुल्लाहले बनाएका रकेट लञ्चर तथा अन्य भौतिक संरचना ध्वस्त पार्ने तयारी गरेको खबरमा उल्लेख छ । इजरायली सेनाले हिजबुल्हाका झन्डै ७० प्रतिशत यस्ता संरचना ध्वस्त पारिसकेको जनाएको छ ।

    यसैबीच अमेरिकाले इजरायलको आत्मरक्षाको अधिकारको समर्थन गर्ने बताएको छ । यसअघि अमेरिकाले लेबनानमाथि आक्रमण शुरू गरेको इजरायललाई युद्धविरामका लागि आह्वान गरेको थियो । तर इजरायल भने युद्धविरामको कुनै पनि प्रस्ताव स्वीकार नगरी हिजबुल्लाहविरुद्ध आक्रमण गरिरहने पक्षमा छ ।

     

  • प्रधानमन्त्री ओलीले गरे आफ्नै पार्टी कार्यालय अवलोकन

    प्रधानमन्त्री ओलीले गरे आफ्नै पार्टी कार्यालय अवलोकन

    काठमाडौं । असोज १५, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।

    बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेका थिए । महासचिव शंकर पोखरेल र केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले प्रधानमन्त्री ओलीलाई केन्द्रीय कार्यालयको अवस्थाबारे जानकारी दिएका थिए ।

    गत शुक्रबारको बाढीले एमाले मूख्यालय डुबानमा परेको थियो । तर प्रधानमन्त्री ओली सोमबार मात्र अमेरिकाबाट स्वदेश फर्किएपछि आज केन्द्रीय कार्यालय अवलोकन गर्न च्यासल पुगेका हुन् ।