Category: रिपोटर्स आई

‘रिपोेर्टस आई’ मा हामी सहयात्राटीभी डट कमका प्रतिनीधि वा संवाददाताले समाजमा देखेका रोचक र घोचक घटना र विषयवस्तुलाई दृश्य मार्फत पस्कन्छौं । (भिडियो मात्रै)

  • सरकारले होटेल एभरेष्ट र बसेरालाई तिरायो तीन-तीन लाख जरिवाना

    सरकारले होटेल एभरेष्ट र बसेरालाई तिरायो तीन-तीन लाख जरिवाना

    काठमाडौं । असोज १५, होटेल एभरेष्ट र बुटिक होटेल बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको छ ।

    बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ ।

    विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ । केही दिनअगाडि होटेल संघ नेपाल (हान)ले विभागबाट होटेलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफु मातहतका ३ सय भन्दा धेरै होटेलमा पठाएको थियो । सो परिपत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।

     

  • आज प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्ने

    आज प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्ने

    काठमाडौं । असोज १५, प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।

    अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पत्रकार सम्मेलन

  • कांग्रेस र एमालेले संसदीय दलको बैठक बोलाए

    कांग्रेस र एमालेले संसदीय दलको बैठक बोलाए

    काठमाडौं । असोज १५, नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल तथा नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएका छन् । दुबै दलले वर्षाले पुर्याएको क्षति, राहत, उद्धार र पुनः निर्माणका बारेमा छलफल गर्न बैठक बोलाएका हुन् ।

    संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । संसदीय दलको बैठक अघि दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक बस्ने भएको छ ।

    बैठक संघीय संसद भवन नयाँ वानेश्वरस्थित लोत्सेहलमा बस्ने भएको छ । निरन्तरको वर्षाका कारणले पीडित बनेका नागरिकलाई राहत, उद्धार र पुनर्निर्माणका बारेमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

    कार्यसम्पादन समितिको बैठकले प्रत्येक सांसदको १५ दिनको तलब पीडितको सहयोगका लागि प्रदान गर्ने निर्णय गरेको छ । संसदीय समितिको बैठकले कार्यसम्पादन समितिको निर्णयलाई अनुमोदन गर्ने भएको छ । एमालेले ११ बजे सचिवालय र १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।

     

     

     

  • अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

    अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

    काठमाडौं । असोज १५, यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

    यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार ९१२ असोज० देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

    नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले १२ गतेको विपद्ले बस सञ्चालन हुननसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको बताए ।

    आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने उनले बताए । ‘हाम्रो कुरा बन्द गर्ने नै हो । हिजो २ बजे गएका गाडी स्वयम्भू, कलंकी र नागढुंगामै छन्,’ उनले भने, ‘ बुकिङ गरेर के गर्ने  ?’

    आज महासंघको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने उनले बताए ।

    धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । ‘१७ गतेदेखिका लागि धेरैले टिकट बुकिङ गरेका छन्,’ उनले भने, ‘यसबारे के गर्ने भन्नेबारे सरकारसँग छलफल हुन्छ । साँझ विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।’

    १२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।

    सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । अरनिको राजमार्ग भने पूर्णरुपमा बन्द जस्तै छ ।

    घटस्थापनाको दिनदेखि टिकट लिने गरी अग्रिम बुकिङ खुलाइएको थियो । तर, त्यसबेलासम्म बस सञ्चालन हुनसक्ने अवस्था नरहेको यातायात व्यवसायीको तर्क छ ।

     

     

  • ललितपुरमा बाढीपहिरोमापरी मृत्यु हुनेको संख्या ४० पुग्यो १० जना बेपत्ता

    ललितपुरमा बाढीपहिरोमापरी मृत्यु हुनेको संख्या ४० पुग्यो १० जना बेपत्ता

    काठमाडौं । असोज १५, ललितपुर जिल्लामा असोज १२ गतेको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

    आज बिहान थप ६ जनाको शव फेला परेपछि मृतकको संख्या ४० पुगेको हो । मृतकमध्ये एकैपरिवारका चार सदस्यसमेत छन् ।

    ललितपुर प्रहरीका अनुसार माहाँकाल गाउँपालिका–२ ठोस्ने खोला ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षीया छोरी सलिनाको मृत्यु भएको छ ।

    माहा‌ंकाल गाउँपालिका वडा नम्बर २ लक्ष्यबासका ९ वर्षीय आयुष स्याङ्तानको पनि मृत्यु भएको छ ।

    यसैगरी माहाँकाल गाउँपालिका वडा नम्बर ३ गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव फेला परेको छ । उनी असोज १२ गतेदेखि बेपत्ता थिए । उनका आमा र श्रीमती सम्पर्कविहीन छन् ।

    प्रहरीका अनुसार ललितपुर जिल्लामा अझै १० जना सम्पर्कविहीन छन् । यसअघि ७ जनामात्र सम्पर्कविहीन भएको भनिएकामा त्यसमा अरु ३ जना थपिएर बेपत्ताको संख्या १० पुगेको हो ।

    बेपत्ताको सूचीमा थपिएकाहरुमा ललितपुरको माहाँकाल गाउँपालिका २ बस्ने १२ वर्षीया सन्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र वडा नम्बर २ कै छविलाल स्याङ्तानकी भाउजू छन् ।

    ललितपुर प्रहरीका अनुसार बाढीपहिरोमा परी बेपत्ता हुने अन्यमा रौतहट घर भई ललितपुर महानगरपालिका १४ नखिपोस्थित कान्तिपुर कोलोनी बस्ने पाँच वर्षीय सेतु साह, रौतहटको गौर नगरपालिका ६ घर भई कान्तिपुर कोलोनीमै बस्ने ३२ वर्षीय बिकाउ साह, ओखलढुंगा घर भई ललितपुर बस्ने ४० वर्षीय देवराज कार्की र गोदावरी नगरपालिका ६ आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह बेपत्ता छन् ।

    यसैगरी बागमती गाउँपालिका १ घुसेलका ५० वर्षीय केशव न्यौपाने पनि बेपत्ता छन् । यसअघि उनलाई प्रहरीले मृतकको सूचीमा राखे पनि आफन्तले शव फेला नपरेको भनेपछि बेपत्ताको सूचीमा राखिएको हो ।

    बाढी पहिरोमा परी तीन जना घाइते छन् । घाइतेहरुमा रौतहट घर भई ललितपुर महानगरपालिका १४ बस्ने ६ वर्षीया मेघना साह, गोदावरी नगरपालिका ७ बस्ने ३४ वर्षीया ठुलीमाया रुम्बा र काठमाडौं महानगरपालिका ३१ घर भई हाल ललितपुरको बागमती गाउँपालिका ४ प्युटार बस्ने ४५ वर्षीय भूषण अर्याल छन् ।

    उनीहरुको अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

     

     

  • भोलिदेखि फेरि वर्षाकाे सम्भावना

    भोलिदेखि फेरि वर्षाकाे सम्भावना

    काठमाडौं । असोज १५, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बाग्मती प्रदेशका एक दुइ स्थानमा भारी बर्षाको पनि संभावना रहेको छ। राति कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    बिहीबार दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेशका एक दुई स्थानहरूमा भारी बर्षाको पनी संभावना रहेको छ।

    राति कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश,लुम्बिनि प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनि प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आगामती २४ घण्टा कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।