Category: रिपोटर्स आई

‘रिपोेर्टस आई’ मा हामी सहयात्राटीभी डट कमका प्रतिनीधि वा संवाददाताले समाजमा देखेका रोचक र घोचक घटना र विषयवस्तुलाई दृश्य मार्फत पस्कन्छौं । (भिडियो मात्रै)

  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । असोज १५, सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    संसदीय दलको बैठक अघि दिउँसो १ बजे संसदीय दलको कार्यसमिति बैठक बोलाइएको छ । बैठकमा मुलुकमा आइपरेको बाढीपहिरो र डुबानको विपत्ति, समसामयिक सामाजिक तथा राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

     

  • टी–२० श्रृंखला : आज नेपाल र क्यानडा भिड्दै

    टी–२० श्रृंखला : आज नेपाल र क्यानडा भिड्दै

    काठमाडौं । असोज १५, ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ ।

    क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ । ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ ।

    उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्र्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ । त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ । समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ ।

  • बाढीपहिरो अपडेट : २१७ जनाको मृत्यु, २८ बेपत्ता

    बाढीपहिरो अपडेट : २१७ जनाको मृत्यु, २८ बेपत्ता

    काठमाडौं । असोज १५, केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

    विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ ।

    बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

  • एमाले सचिवालय बैठक बस्दै

    एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । असोज १५, सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

    बैठकमा अविरल वर्षाका कारण मुलुकमा भएको जनधनको क्षति, पार्टीको भूमिकालगायत विषयमा छलफल हुने उनको भनाइ छ । एमालेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट हिजो स्वदेश आइपुगेलगत्तै सचिवालय बैठक बोलाएको हो ।

  • मंगलवार – आजको राशिफल

    मंगलवार – आजको राशिफल

    आज – १५ आश्विन २०८१ मंगलवार को राशिफल

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सभा समारोहमा सरिक भइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) यात्रामा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्राको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सुन्दर शेयर बजारबाट पनि लाभ मिल्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग मिल्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ । धार्मिक यात्राको योग पनि छ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम अन्तिममा बिग्रिने र झमेला आउन सक्छ । आर्थिक समस्या पनि खेप्नु पर्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

  • एभरेस्ट महिला भलिबल लिग आजदेखि

    एभरेस्ट महिला भलिबल लिग आजदेखि

    काठमाडौं । असोज १४, नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभीएल) २०२४ आजदेखि सुरु हुँदैछ ।

    इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

    मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्न लागेका हुन् ।

    उद्घाटन खेलमा उपत्यकाका दुई टिम काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे २ बजे उद्घाटन समारोह हुनेछ । आजै साँज ५ : ४५ बजे मधेश युनाइटेड र कर्णाली यस्विस तथा बेलुका ७ : ४५ बजे चितवन शक्ति र गण्डकी थण्डर्सबीच खेल हुनेछ ।

    फ्रेन्चाइज लिगको मुख्य विशेषता भनेको यसमा सबैले नाम चलेका चर्चित खेलाडीहरू टिममा राख्छन् । यसपटक सहभागी ६ वटै टोलीले ३-३ विदेशी खेलाडी टिममा राखेका छन् । जसले गर्दा लिगको चर्चा नेपालदेखि विदेशसम्म पनि उत्तिकै छ ।

    हरेक टोलीमा १२ खेलाडी हुनेछ । जसमा हरेक टोलीले ट्यालेन्ट हन्टबाट १-१ खेलाडी टिममा समावेश गरेका छन् ।

    ६ टिममा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको एभरेस्ट महिला लिग खेल्दैछन् ।

    खेलाडीहरूको वर्गीकरणसहित निश्चित रकममा खेलाडीलाई टिमहरुले अनुबन्ध गरेका छन् । जसले गर्दा प्रत्येक खेलाडीले निश्चित रकम पाउनेछन्।

    यसअघि घरेलु प्रतियोगितामा विभागीय टोलीहरू र अन्य क्लबबीच खेल हुन्थ्यो । जसमा केही टिमले भारतीय खेलाडी ल्याएका थिए । तर, यसपटक भने लिगको नियम अनुसार खेलाडीहरुलाई ड्राप्टमार्फत टिममा समावेश गरिएको छ । हरेक टिममा एक-एक मार्की प्लेअर छन् । लगभग सबै टिमको मार्की प्लेअर नै कप्तानको रुपमा छन् । यसमा विदेशी खेलाडी थपिएका छन् । अमेरिका, रसियादेखि भारत थाइल्याण्डसमम्का खेलाडी लिग खेल्न नेपाल आएका छन् ।

    त्यसैले पनि सहभागी टोली कप्तान र प्रशिक्षक उत्साहित छन् ।

    धेरैको नजर विदेशी खेलाडीमै छ । विदेशी खेलाडीमै प्रदर्शन पनि निर्भर रहन सक्छ । किनभने नेपाली खेलाडी र विदेशी खेलाडीको कम्बिनेसन जुन टिमको राम्रो हुन्छ उसैको प्रदर्शन राम्रो हुन्छ ।