Category: समाज दर्पण

‘समाज दर्पण’ लाई हामीले समाजको ऐना बनाउने प्रयास गरेका छौं । समाजमा हुने सबै खालका घटना र गतिविधि एवं सामाजिक कार्यमा तल्लिन व्यक्तित्वहरुलाई हामी यहाँ स्थान दिन्छौ । (भिडियो सहित)

  • सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन

    सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन

    सुर्खेत । पुष–१५, जिल्लाको सिम्ता गाउँपालिका–९, खानीखोलाका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

    हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । सम्पर्कविहीन बालिकाको खोजतलास तीव्ररूपमा भइरहेको उनले बताए ।
    ‘१० गते नै सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट मिलन विकको गाडी चढेका उनीहरु कहाँ गए भन्ने यकिन हुनसकेको छैन’, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने, ‘११ गते मात्र प्रहरीलाई जानकारी हुँदा उनीहरुलाई भेटाउन सकिएन ।’

    अहिले भने काठमाडौँ, बुटवल, नेपालगञ्जलगायत नेपालका सबै प्रहरी चौकीमा तीनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको उनले बताए ।

    पुस १० गते विद्यालयबाट हाफटाइममा घर आएर म्याडमले गाली गर्नुहुन्छ भन्दै हतारमा स्कूल गएकी छोरी अहिलेसम्म नफर्केको निशाकी आमा भगवती सिंहले बताइन् ।

    ‘निशालगायत यमुना र रिसिमा कहाँ छन् थाहा छैन’, सिंहले भनिन्, ‘प्रहरीलाई सोध्दा खोजतलासको काम अघि बढाएका छौँ भन्छन् ।’

    प्रहरीले मिलन विकलाई सोधपुछ गर्दा उनीहरुलाई सल्लीबजारबाट निःशुल्क आफ्नो गाडीमा छिन्चु ल्याएको र बुटवल फुपूकोमा जान्छौँ भनेपछि छिन्चुबाट १९०४ नंको बसमा नेपालगञ्ज चढाइदिएको बताएका छन् । उनीहरुलाई नेपालगञ्ज लैजाने १९०४ नंको बसमा प्रहरीले बुझ्दा बालिकाले बुटवल जाने भनेकाले कोहलपुर चौराहमा बुटवल लागि छुट्न लागेको गाडीमा छोडिएको जनाइएको छ ।रासस

  • स्वर्णपदक विजेता महर्जन पुरस्कृत

    स्वर्णपदक विजेता महर्जन पुरस्कृत

    काठमाण्डौं । पुष–१५, नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ।

    हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो।

    कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक रुइतले महर्जनलाई सम्मान गर्दै मुलुकको राष्ट्रियता अहिले कमजोर भएकाले खेलाडीले राष्ट्रियतालाई उँचो बनाएर सामाजिक एकता अभिवृद्धि गर्नुपर्ने बताए।

    उनले आफूले पनि अन्तर्राष्ट्रिय पदक ग्रहण गर्दा देशका लागि केही गरौँ भन्ने ऊर्जा थपिने गरेको अनुभव सुनाए।

    सम्मानित महर्जनले खेलकूदका माध्यमबाट आफूले प्राप्त गरेको सफलता सबै नेपालीको गौरवको विषय भएको विचार व्यक्त गरे। कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुरजीत दत्त, नेत्रनाथ पौडेललगायतले महर्जनले अन्तर्राष्ट्रिय तहमा भएको उक्त प्रतिस्पर्धामा नेपाल र नेपालीको गौरव बढाएकामा खुशी व्यक्त गर्दै उनको जीवनको सफलताको शुभकामना दिए।
    रासस

  • पृथ्वीनारायण शाहको योगदानको चर्चा

    पृथ्वीनारायण शाहको योगदानको चर्चा

    काठमाण्डौं । पुष–१५, पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उनले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गरे ।

    नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको निर्माणमा वडामहाराजाधिराजको विशेष योगदानलाई बिर्सन नहुने बताउँदै हामी सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्छ भने । उनले स्वाभिमान भएको व्यक्तिले मात्र मुलुकको एकीकरण गर्न सक्षम हुने भन्दै पृथ्वीनारायण शाहमा त्यो स्वाभिमान प्रष्ट भएको चर्चा गरे ।

    नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा रामशरण महतले नेपालको इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्वपूर्ण सपुत भएको चर्चा गरे । उनले राजा यक्षमल्लले पनि नेपालको एकीकरण गरे पनि पछि आफ्नो तीन छोरालाई काठमाडौँ, ललितपुर तथा भक्तपुर विभाजन गरिदिएका कारण नेपाल टुक्राटुक्रा राज्यमा परिणत भएको चर्चा गरे ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले पृथ्वीनारायण शाहको नेपाल एकीकरणबाट चीन र भारतले पनि प्रेरणा हासिल गरेको बताउँदै पृथ्वीलाई आततायीको दृष्टिले हेर्न नहुने विचार व्यक्त गरे ।
    सीमाविद् बुद्धिनारायण श्रेष्ठले जापान, फ्रान्स, जर्मन, इटली, बेलायत आदि मुलुकले आफ्नो सीमा विस्तार गरिरहेका बेला नेपालले पनि आफ्नो सार्वभौम रक्षाका लागि सीमा विस्तार गर्नु महत्वपूर्ण कार्य हो भने ।

    उनले पृथ्वीनारायण शाहले गरेको सीमा विस्तारलाई आफूले विस्तारवादीका रुपमा नभई एकीकरणका रुपमा स्वीकार गर्ने बताए ।

    प्राध्यापक लालबाबु यादवले काठमाडौँका मल्ल राजाले पनि त्यसबेला तराईका चेलीबेटीसँग विवाहबारी गरेको प्रसङ्ग उल्लेख गर्दै ती राजाले काठमाडौँमा मैथली संस्कृति तथा साहित्यको विकास गर्न योगदान गरेको चर्चा गरे ।

    वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पनि बोलेको सो कार्यक्रमको सभापतित्व अभियन्ता भरत बस्नेतले गरेका थिए ।रासस

  • आजको राशिफल

    आजको राशिफल

    काठमाण्डौं । पुष–१४,
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    अफ्ट्यारा परिस्थिति आफैँले सुल्झाउन सकिनेछ । व्यवसायका क्षेत्रबाट यात्रा गर्ने अवसर पाइएला । खर्चमा वृद्धि हुनुको साथै परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । अध्ययनमा मन नजाला । प्रिय व्यक्तिसँग भेट हुनेछ ।

    बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    अध्ययनमा प्रगति हुने देखिएको छ । आम्दानिमा वृद्धि हुनुको साथै मेहनेतले काममा समेत सफलता मिल्नेछ । परिवारमा समय दिन सक्दा दिन सुखमय रहेनेछ । पारिवारिक माहोलनमा दिन वित्ला । दाम्पत्य जीवनमा खुसी भित्रने योग छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
    शुभचिन्तकहरुबाट सहयोग पाइनेछ । प्रशस्त माया गर्ने मानिसहरु पाइनुका साथै आफ्नो प्रशंसा सुन्न पाइएला । सन्तानको प्रगतिमा सामेल हुन पाइनेछ । धार्मिक काममा मन जानेछ । दाम्पत्य जीवन सुखमय रहला ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दिगो फाइदा हुने काममा संलग्न भइनेछ । नयाँ काम र नयाँ साथीको योग छ । मिष्ठान्न भोजन खान पाइएला । अरुको विवादास्पद समस्यामा पर्न सकिनेछ, वोलिवचनमा ध्यान दिनुहोला । प्रेम प्रस्तावबाट सकारात्मक नतिजा आउन सक्छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    समय केहि प्रतिकुल रहेपनि मेहनेतले हरेक कुरामा सफल हुन सकिनेछ । लामो यात्रा गर्ने अवसर पाइएला । सोचेको काम निकै मेहनेतका बाबजुत पुरा गर्न सकिनेछ । वैदेशिक यात्राको अवसर समेत देखिएको छ । प्रेम सम्बन्ध मजबुत रहनेछ ।

    कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    बुद्धिको उपयोगले सोचेको काम बन्नेछ । धैर्य गर्न नसक्दा भने बनेको काम गुमाउनु पर्ने अवस्था समेत आइपर्न सक्छ । स्वास्थ्यमा केहि समस्या देखिने हुँदा, खानपानमा ध्यान दिनुहोला । प्रिय व्यक्तिसँग भेट हुनाले मनमा हर्ष जाग्नेछ ।

    तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    फजुल खर्चले आर्थिक अभाव उत्पन्न गराउन सक्छ । स्वास्थ्यमा कमजोरि देखिन सक्नेछ । सामाजिक काममा संलग्न भइ सेवा गर्ने मौका मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरुबाट सम्मान पाइएला । अध्ययनमा प्रगति हुनेछ ।

    बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    प्रेम सम्बन्ध सफल बन्दै जानेछ । साझेदारीमा गरेका काममा सफलता पाइनेछ । रमाइलो घुमघाममा दिनु वित्नाले मन हर्षित होला । परिवारमा समय दिन सकिनेछ । खर्चमा वृद्धि हुनुको साथै जिम्मेवारी समेत थपिनेछ ।

    धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    जीवनशैलीमा ठूलो परिवर्तन आउने देखिएको छ । साथीभाईहरुसँगको भेटले मन हर्षित बनाउनेछ । गोप्य कुराहरुलाई गोप्य नै राख्नुहोला । आफन्तहरुले नै इष्र्या गर्ने छन् । मेहनेतले काममा सफलता पाइनेछ ।

    मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    समय अनुकुल रहनाले सोचेको काम पुरा हुनेछ । परिवाको साथमा घुमफिर गर्ने अवसर जुट्नुको साथै धार्मिक काममा मन जानेछ । मिष्ठान्न भोजनको योग छ । अध्ययनमा समय दिन नसकिएला । प्रेम र मित्रताको सम्बन्धमा प्रगाढता थपिँदै जानेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
    दुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । कुनै कमिकमजोरि नभए पनि मनमा शान्ति नहुन सक्छ । आफन्छबाट टाढिनाले मनमा खिन्नता उत्पन्न होला । आम्दानिमा भने वृद्धि हुनेछ । नयाँ साथी बनाउने अवसर पाइनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्रिय व्यक्तिसँगको भेटले दिन हर्षमय बन्नेछ । जीम्मेवारी थपिनुको साथै दिगो फाइदा हुने काममा संलग्न भइएला । साइनो गाँस्दै आउनेहरुसँग सतर्क रहनुहोला । प्रेममा धोका हुने सम्भावना भए पनि नयाँ सम्बन्न गाँसिने उतिकै प्रवलता देखिएको छ ।

  • प्रस्तावित प्रधानन्यायाधीश जवराको संसदीय सुनुवाइ आइतबार

    प्रस्तावित प्रधानन्यायाधीश जवराको संसदीय सुनुवाइ आइतबार

    काठमाण्डौं । पुष–१४, सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ ।

    नौ जना उजुरीकर्तालाई आ–आफ्नो उजुरीको पुष्टि गर्न समितिले बैठकमा बोलाएर छलफल गरेको हो । संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा जवराको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

    समितिले सूचना प्रकाशित गरी यही पुस ११ गतेसम्म उनको नाममा उजुरीका लागि आह्वान गरेकामा नौ जनाले उजुरी दर्ता गराएका थिए ।
    कार्य सम्पादनका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राणाले संविधान, ऐन र नियमविपरीत व्यक्ति विशेषबाट प्रभावित भएर मुद्दाको निर्णय गरेको हुँदा यस्तो पात्र प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्त गर्नु उपयुक्त नहुने उजुरीकर्ताले बैठकमा तर्क प्रस्तुत गरेका थिए ।

    उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश जवरालाई संसदीय सुनुवाइका लागि आगामी आइतबार २ बजे बोलाउने निर्णय गरेको छ ।

    बैठकपछि समितिका सदस्य जीतेन्द्रनारायण देवले उजुरीकर्तासँग उजुरीको व्यहोरा, व्याख्या र थप जानकारी लिने काम सकिएपछि प्रस्तावित प्रधानन्यायाधीशलाई संसदीय सुनुवाइका लागि आगामी आइतबार बोलाउने निर्णय भएको जानकारी दिए । रासस

  • अढाइ सय सरकारी भवनको पुन: निर्माण सम्पन्न

    अढाइ सय सरकारी भवनको पुन: निर्माण सम्पन्न

    काठमाण्डौं । पुष–१३, भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार १४५ भवन पुनःनिर्माण भइरहेको छ । २२ भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले तीन वर्षे अवधिमा गरेको प्रगति विवरणमा उल्लेख छ ।

    हालसम्म ६० प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिए ।

    आर्थिक वर्ष २०७६र७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७र७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उनले बताए । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो ।

    सुरक्षा निकायका सय भवन पुनःनिर्माण सम्पन्न

    सुरक्षा निकायका ३८३ भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १०३ वटा भवन सम्पन्न भएको छ भने १०२ भवन पुनःनिर्माण भइरहेको प्राधिकरणले जनाएको छ । सुरक्षा निकायका १७८ भवन बनाउन बाँकी रहेको जनाइएको छ ।

    चालु आर्थिक वर्षको अन्त्यसम्म सुरक्षा निकायका ६० प्रतिशत भवन पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । आर्थिक वर्ष २०७६र७७ मा ९५ प्रतिशत पुनःनिर्माण सकिने कार्ययोजना छ । आव २०७७र७८ मा ३८३ अर्थात् शतप्रतिशत सुरक्षा निकायका भवनको पुनःनिर्माण सक्ने प्राधिकरणले जनाएको छ ।

    भूकम्पले नेपाली सेनाका २०४, नेपाल प्रहरीको १३९, सशस्त्र प्रहरीको ३१ र राष्ट्रिय अनुसन्धान विभागका नौ भवन भत्किएको थियो । रासस