काठमाण्डौं । पुष–१३, ‘मेरो दुवै आँखामा पट्टी बाँँधिएको थियो । बन्दूकको नालले हान्दै लतार्दै लतार्दै जङ्गलतिर लगे । मलाई होश आउँदा शरीरमा कुनै कपडा थिएन । शरीरभरि दाँतले टोकेका घाउ थिए । योनीबाट रगत बगिरहेको थियो ।’
दश वर्ष लम्बिएको सशस्त्र द्वन्द्वमा १२ वर्षकै कलिलो उमेरमा बलात्कारमा परेकी एक महिलाले आफूले भोगेको पीडालाई यसरी सम्झिन् । ‘सुनसान जङ्गल, रगतले डुबेको निर्वस्त्र शरीर, छाती, कम्मर, तल्लो पेट दुखिरहेको थियो, म न उठ्न सक्थें, न बस्न सक्थें,’ उनले भक्कानिदै सुनाइन् – ‘कसैको सहयोग माग्न चिच्याऔं भनेर प्रयास गरें तर, मुखबाट आवाज निस्केन ।’
बाटोमा हिँडिरहेका बेला नेपाली सेनाका दुई जवान आएर च्याप्प पाखुरा समातेकोे उनलाई याद छ । स्वीटरको गोजीबाट रुमाल निकालेर आँशु पुछ्दै उनले भनिन् – ‘बन्दूकको नाल छातीमा टाँसेर ‘कसैलाई भनिस् भने मारिदिन्छु’ भन्दै दुवैले पालैपालो बलात्कार गरे ।’
बाँच्न त उनी बाँचेकी छिन् तर, बाबुआमाको ममतामा खेल्ने र पढ्ने उमेरमै उनको सपना चकनाचुर भयो । आफ्ना पीडा सुनाउँदा उनी धेरै पटक बोल्नै नसकेर भक्कानिन् । निकै बेरको मौनतापछि सम्हालिँदै उनले आक्रोशपूर्ण स्वरमा भनिन् – ‘म अबोध बालिकाको के दोष थियो ? मैले के गल्ती गरेको थिएँ र मैले कलिलो उमेरमै अकल्पनीय यातना भोग्नुप¥यो रु कहाँ छ सरकार १ अहिलेसम्म उसले बलात्कार पीडितको पीडा महसुस गरेन ।’
उनको बालक कालमै पाठेघर खसिसकेको छ । तर अहिलेसम्म घटनाका बारेमा कसैलाई भनेकी छैनन् । उनलाई घरपरिवार र समाजको डर छ ।
‘समाजले त्यो बालिकामाथि यत्रो बज्रपात भयो भनेर माया, दयाको दृष्टिले हेर्दैन, सोच्दैन, उल्टै घृणा गरेर घरबाट निकाल्छ,’ उनले भनिन् । यस्तै पीडा भोगेका धेरैलाई समाजले छिःछिः र दूरदूर गर्ने गरेको उनले देखेकी छन् ।
त्यसैले जति पीडा भए पनि उनी अहिलेसम्म आफ्नो पीडा कसैलाई सुनाउने साहस गरेकी छैनन् । उनको सरकारसँग ठूलो माग केही छैन । स्वास्थ्य उपचारका लागि खर्च दिए पुग्छ भन्छिन् ।
सशस्त्र द्वन्द्वको सययमा बलात्कारको पीडा भोग्ने उनी एक्ली होइनन् । यस्ता धेरै अबोध बालिकाले बलात्कारजस्तो जघन्य अपराध सहनुपर्र्या । द्वन्द्वकालका बलात्कृत महिलाको पीडा अकल्पनीय छन् । अर्की किशोरीको पीडा पनि त्यतिकै दर्दनाक छ । धारामा नुहाइरहेको अवस्थामा नेपाली सेनाको गस्ती आइपुग्यो ।
हात समातेर जबर्जस्ती उनलाई लगे छाउनीमा । ‘पेटिकोट लगाएर नुहाइरहेकी थिएँ, आर्मी आएर आँखामा पट्टी बाँधेर जबर्जस्ती हात तानेर लगे,’ उनले भक्कानिदै भनिन् – ‘व्यारेकमा लगेर एउटा सानो कोठामा राखे । छ जना आर्मी थिए, पालैपालो बलात्कार गरे । एउटा पेटिकोटमा ३३ दिनसम्म मलाई त्यहीँ थुनेर राखे । हरेक दिन आएर बलात्कार गर्थे । म बोल्न, उठ्न सक्ने थिइनँ ।’ उनलाई खाना त्यहीँ ल्याएर जबर्जस्ती खुवाउँथे ।
कसैलाई भनिस् भने मारिदिन्छु भनेर उनीहरुले बन�


काठमाण्डौं । स्थानीय सरकारका प्रतिनिधिले नयाँ सङ्घीय कानूनको तर्जुमा र मौजुदा कानूनको संशोधन कार्यमा सम्बद्ध सरोकारवालाको रायसुझावलाई पर्याप्तमात्रामा समेट्न आग्रह गरेका छन् ।
रोल्पा । पुष–१३, भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको देखिएको छ ।
काठमाण्डौं । पुष–१३, मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुले। १६ वर्षीय बमजनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए।
काठमाण्डौं । पुष–१३, थाइल्याण्डमा सम्पन्न शारीरिक सुगठनमा विश्व स्तरको प्रतिर्स्पधामा स्वर्ण पदक जीतेर जुन व्यक्तिले नेपालीलाई गौरव गर्ने एउटा अवसर दिलाए आज उनै व्यक्तिको मुटुमा एउटा पीडा लुकेको छ।
चिन्ता
काठमाण्डौं । पुष–१३, धनुषा जिल्लाको नगराइन नगरपालिका–६ लग्मास्थित वासुदेव राष्ट्रिय प्राविको भवन निर्माणका लागि जापान सरकारले रु ९० लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको छ ।