Category: समाज दर्पण

‘समाज दर्पण’ लाई हामीले समाजको ऐना बनाउने प्रयास गरेका छौं । समाजमा हुने सबै खालका घटना र गतिविधि एवं सामाजिक कार्यमा तल्लिन व्यक्तित्वहरुलाई हामी यहाँ स्थान दिन्छौ । (भिडियो सहित)

  • झापामा आगलागीबाट २२ घर टहरा ध्वस्त

    झापामा आगलागीबाट २२ घर टहरा ध्वस्त

    भद्रपुर । पुष–१३, झापाको मेचीनगर वडा नम्बर ६ साठी बिघा भन्ने ठाउँमा आगलागी हुँदा २२ घर तथा टहरा जलेर ध्वस्त भएका छन् । काँकडभिट्टा प्रहरीका अनुसार बिहीबार राति भएको आगलागीबाट फुसले छाएका १६ टहरा र टिनले छाएका ६ वटा एकतले घर जलेर नष्ट भएका हुन्।

    आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको अहिले घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    आगलागी हुनेबित्तिकै सबै घरका परिवार बाहिर निस्केकाले मानविय क्षति भने हुन पुगेन ।
    प्रवक्ता श्रेष्ठका अनुसार स्थानीय छविलाल आङदाम्बेले बिजुली गएपछि बालेको मैनबत्ती ग्यास सिलिन्डरको पाइपमा सल्किएपछि राति साढे ८ बजेतिर आगलागी सुरु भएको थियो। उक्त क्षेत्रमा चित्रा र फुसले बनाइएका घर भएकाले आगो चाँडै फैलिएको स्थानीय बासिन्दाले बताएका छन्।

    तीनवटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

  • राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

    राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

    काठमाण्डौं । पुष–१३, राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ।

    उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने ९हेमाटोमा० र मधुमेह रोगको नियमित उपचारमा थिए। केही दिनयतादेखि अलि असहज महसुस गर्दैआएका राई गएराति शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए।

    विसं २००४ साल असोजमा जन्मिएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त पछि सामाजिक सेवामा संलग्न थिए। आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए।

    पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आएका व्याकुल माइला र उनकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै ओखलढुङ्गा प्रस्थान गरेका छन्।

    स्व राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ। स्व राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा छन्। रासस

  • अस्पतालजन्य फोहर भरतपुरको मुख्य समस्या

    अस्पतालजन्य फोहर भरतपुरको मुख्य समस्या

    रत्ननगर । पुष–१३, मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ।अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण हुने सम्भाबना छ।

    भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो विपी मेमोरियल क्यान्सर अस्पताल, सरकारी अस्पताल भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायत झण्डै २६ अन्य ठूला निजी अस्पताल र १०० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनक छन्। यहाँ विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन्।

    अस्पतालबाट दैनिक दुई टन अस्पतालजन्य संक्रमित फोहर निस्किने गरेको महानगरपालिकाको तथ्याङकमा उल्लेख छ। अस्पतालहरुले फोहरलाई परिसरभित्रै सामान्य सेप्टी ट्याङ्कीमा फाल्ने गरेका छन्। यस्ता फोहरको दुर्गन्ध अस्पतालसम्मै आउने गरेको गुनासो बिरामीहरुको छ।

    अस्पताल सञ्चालनमा ल्याउँदा संक्रमित फोहरको आफै प्रबन्ध मिलाउँछौँ भनेर प्रतिबद्धता गरिए पनि यस्ता फोहरको विषयमा खासै ध्यान दिएको नपाइएको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए। “अस्पतालभित्र फोहर छुट्याएर राखिए पनि एकै ठाउँमा फाल्ने गरिएको पाइन्छ ”, अधिकृत सुवेदीले भने, “मानव स्वास्थ्यमा गम्भीर असर गर्ने यस्ता फोहर व्यवस्थापनमा बेवास्था भइरहेको छ। ती अस्पतालले गम्भीरताका साथ तोकिएका शर्तहरु पालना गर्नुपथ्र्यो।”

    अस्पतालले सेप्टी ट्याङ्कीबाट कुहिएर निस्किने झोललाई खुला जमीनमै विर्सजन गर्दै आइरहेको छ। यस्ता फोहरले मानव स्वास्थ्य र वातावरणमा सिधैँ असर पुर्याउँछ। लामो समयदेखि यस्ता फोहर व्यवस्थापनका लागि बहस चल्दै आइरहे पनि प्लान्ट निर्माण गर्न अस्पतालमा जग्गा अभाव भएका ले समस्या समधान हुनसकेको छैन।

    उचित स्थान, साधन र स्रोतको अभावमा प्लान्ट निर्माण गर्न सकिएको छैन। यसका लागि भरतपुर अस्पतालको जग्गामा डिपिआर गर्न भरतपुर महानगरपालिकाले रु पाँच लाख छुट्याएको पनि छ र कोरियाली फोहर व्यवस्थापन कम्पनी सुडुकोनसँग प्लान्ट निर्माणका लागि सम्झौता पनि भइसकेको छ तर पनि कार्यान्वयनमा भने चासो देखाइएको छैन।

    यहाँका अस्पतालले फोहर व्यवस्थापनका लागि अझैसम्म छुट्टै फोहर व्यवस्थापन समिति पनि बनाएका छैनन्। ती अस्पताललाई फोहर व्यवस्थापनका लागि सुझाव दिएका छौँ, भरतपुर महानगरपालिका वातावरण समितिका संयोजक पदमपाणि सुवेदीले भने, “अस्पतालमा फोहर व्यवस्थापन गर्न सहयोगसँगै अनुगमनलाई पनि तीव्रता दिन्छौँ। यस विषयमा सबैभन्दा पहिला अस्पताल नै गम्भीर बन्न जरुरी छ।”

    भरतपुर महानगरपालिकाले जिल्लाका निजी तथा सरकारीमा संक्रमित फोहरबारे अनुगमन गर्ने जनाएको छ। जिल्लाका सबै अस्पतालमा अनुगमन गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए। पहिलो चरणमा अस्पतालमा गएर प्राराम्भिक प्रतिवेदन तयार पार्छौँ, उनले भने, “अस्पतालका सञ्चालकलाई यस विषयमा सचेत गराउँछौँ, लापरवाही गरेको पाइएमा कारवाहीको दायरमा ल्याउँछौँ।”

    भरतपुर महानगरपालिकाले आफ्नो फोहरलाई आफैँ व्यवस्थापन गर्न अस्पताललाई आग्रह गर्दै आइरहेको छ। अस्पतालजन्य फोहर समयमै व्यवस्थापन नगरे यहाँ ठूलो समस्या आईपर्नेमा स्थानीय बासिन्दामा चिन्ता छ। रासस

  • शोकमा बधाई सन्देश तयार पार्ने परराष्ट्रको कर्मचारीलाई कारवाही गरिने

    शोकमा बधाई सन्देश तयार पार्ने परराष्ट्रको कर्मचारीलाई कारवाही गरिने

    काठमाण्डौं । पुष–१३, परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारवाही गर्ने भएको छ ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारवाही गरिने जानकारी गराएका छन् ।

    सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देशमा त्रुटि भएको नभई मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा त्रुटि भएको देखिन आएको भन्दै त्रुटिप्रति मन्त्रालयले तत्काल क्षमायाचनासहित स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ ।

    सचिवालयले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटि र त्यसप्रति आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

    मन्त्रालयले जारी गरेको सन्देशमा त्रुटी हुन पुग्दा समवेदना हुनुपर्नेमा बधाइको शब्दावली परेको थियो । जसले नेपाल अन्तर्राष्टिय रूपमा नै लज्जित बन्नुपर्ने अवस्था सिर्जना भएको थियो । रासस

  • आजको राशिफल

    आजको राशिफल

    काठमाण्डौं । पुष–१३
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    दाम्पत्य जीवन सुखमय रहनेछ । परिवारमा समय दिन सकिने हुँदा दिन रमाइलोका साथ वित्नेछ । सन्तानबाट सुख पाइनेछ । अध्ययनमा मन नजाला । प्रेम सम्बन्ध मजबुत बन्दै जानेछ ।

    बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    अध्ययनमा प्रगति हुनेछ । आम्दानिमा वृद्धि हुनुको साथै साचेको काम पुरा हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । पारिवारिक असमझदारीले मनमा खिन्नता ल्याएपनि साँझसम्मा समस्या समाधान हुनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
    भौतिक साधनको कमिले काममा बाधा उत्पन्न हुन सक्छ । आफन्तहरुबाटा टाढिनु पर्दा मनमा खिन्नता उत्पन्न होला । शुभचिन्तकहरुबाट भने साथ र सहयोग पाइनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    उपहार प्राप्त गर्न सक्ने सम्भावना प्रवल छ । आम्दानिमा वृद्धि हुनेछ । धन लाभ हुने काममा सहभागी भइएला । नयाँ साथी बनाउनुको साथै नयाँ सम्बन्ध गाँसिने सम्भावना छ । अध्ययनमा राम्रो नतिजा हात पर्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सोचेको काम पुरा गर्न कठिन हुनेछ । भौतिक साधनहरुको कमिले अफ्ट्यारो पर्न सक्छ । मिष्ठान्न भोजनको योग छ । यात्रा गर्दा ध्यान दिनुहोला, चोटपटक लाग्न सक्ने सम्भावना छ । प्रेमीप्रेमीकाबाट सहयोग पाइनेछ ।

    कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आफन्तबाट टाढा जानुपर्ने अवस्था आउन सक्छ । लामो यात्रा गर्ने अवसर मिल्नेछ । सामाजिक काममा समय बढि दिनु पर्ला । फजुल खर्चमा वृद्धि भए पनि आफ्ना आवश्यकताहरु पुरा गर्न सकिनेछ ।

    तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
    समय केहि प्रतिकुल रहला । स्वास्थ्यमा समस्या देखिन सक्नेछ । अध्ययनमा समय दिन नसके पनि नतिजा भने सकारात्मक नै देखिनेछ । शिर्जनात्मक काममा सहभागी हुने अवसर जुट्ला । प्रेम प्रस्ताव आउने सम्भावना प्रवल छ ।

    बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    साझेदारीको कामबाट राम्रो फाइदा हुनेछ । कामबाट मन सन्तुष्ट हुनुको साथै परिवारमा समेत खुसी साँट्न पाइनेछ । सन्तानको प्रगतिमा सामेल भइएला । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुनेछ ।

    धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    समय अनुकुल रहनेछ । भौतिक साधन जुट्नाले काममा सहजता आउनेछ । यात्रा गर्ने अवसर जुट्नुको साथै धार्मिक काममा मन जानेछ । नयाँ साथी बनाउन सकिनेछ । महिला साथीबाट सहयोग पाइएला ।

    मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
    परिस्थितिलाई आफु अनुकुल बनाउन सकिनेछ । अध्ययनमा राम्रो नतिजा देखिनेछ । प्रतिष्ठित काममा संलग्न भइएला । आम्दानिमा वृद्धि हुनेछ । दाजुभाईबाट सहयोग पाइनेछ । प्रेमसम्बन्धमा असमझदारी उत्पन्न होला ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
    स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । मिष्ठान्न भोजनको योग भएपनि स्वास्थ्यले साथ नदिँदा त्याग्नु पर्ने हुनसक्छ । नाम, र दामका साथै प्रतिष्ठामा वृद्धि हुनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मेहनेतले अफ्ट्यारा कामहरु पनि सजिलै पुरा गर्न सकिनेछ । मनले चाहेको व्यक्तिसँग नजिक हुन सकिनेछ । प्रेम प्रस्तावबाट सकारात्मक नतिजा आउला । दिन मनोरञ्जनात्मक तरिकाले वित्नेछ ।

  • बहुविवाह गर्ने एक जोडी प्रहरी फन्दामा

    बहुविवाह गर्ने एक जोडी प्रहरी फन्दामा

    अछाम । पुष–१२, अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् ।

    बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो ।

    प्रेमप्रसादकी श्रीमती जमुना भण्डारीले यही मङ्सिर ८ गते आफू घरमा हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पुस १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    जाहेरी परेकै दिन १० गते पक्राउ परेका दुवै जनालाई अछाम जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । कानूनअनुसार कसैले बहुविवाह गरेमा विवाह बदर हुने र जेल सजायसमेत हुने व्यवस्था रहेको छ ।रासस