काठमाण्डौं । पुष–११, कालिकोट अग्निपिडितहरुका लागी रत्न रात्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन र पिडित कालिकोटबासि आरआरका विद्यार्थीहरुको संयुक्त पहलमा चन्दा संकलन गरिएको छ । कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा आइतबार भएको आगलागीमा पिडित परिवारको सहयोगका निम्ति बुधबार विहान आरआर क्याम्पसका विहनी शत्रका विद्यार्थी, कर्मचारी र प्रध्यापकहरुबाट चन्दा संकलन गरिएको हो ।
चन्दा संकलन कार्यक्रम मार्फत क्याम्पसबाट ४० हजार ८ सय ९० रुपयाँ संकलन भएको पिडित तथा आरआरका विद्यार्थी प्रामेद न्यौपानेले जानकारी गराए । चन्दा संकलन कार्यक्रम भोली पनि आरआर क्याम्पस, नेपाल ल क्याम्पस लगायतमा जारी रहने आरआर स्ववियुद्धारा जानकारी पाइएको छ ।
आइतबार राति लागेको आगोले ८७ वटा घर पुरै जलेर नष्ट बनाएपछि हाल खाडागाउँका बासिन्दा शोकमा डुबेका छन् । कुनै मानविय क्षति नभए पनि ठूलो मात्रामा धनराशि , खाद्यन्न, पशुचौपाय, लत्ताकपडालगायतको क्षति पुरै गाउँले बेहोर्नु परेको छ । आगलागीमा झण्डै ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीबाट ठूलो शोकमा डुबेको खाडा गाउँ हाल सर्वत्र चासोको विषय बनिरहेको छ भने राहतका निम्ति चन्दा संकलन कार्य पनि भइरहेको पाइएको छ ।
यसै विषयमा राष्ट्रपतिको कार्यायलबाट समेत विज्ञप्ति जारी भएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले समेत घटनाप्रति टुवीटरमा टुवीट् गर्दै दुख व्यक्त गरेकी छन् ।


काठमाण्डौं । पुष–११, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राखेका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिएका छन् ।
तेह्रथुम । तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ । जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा महिला हिंसा नियन्त्रण सञ्जाल बनाइएको हो ।
म्याग्दी। पुष–११, प्राकृतिक उपचारस्थलको रूपमा परिचित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव आएको छ।
एजेन्सी । पुष–११, विश्वको सबैभन्दा महङगो कफि ब्ल्याक आइभोरी ब्लेन्ड निकै घिनलाग्दो तरिकाबाट बन्ने गर्छ । उत्तरी थाइल्यान्डमा बन्ने उक्त कफि हात्तिको दिसामा मिसिएका बिउहरुबाट बनाइने गरिन्छ ।
काठमाण्डौं । पुष–११, जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन्।