Category: समाज दर्पण

‘समाज दर्पण’ लाई हामीले समाजको ऐना बनाउने प्रयास गरेका छौं । समाजमा हुने सबै खालका घटना र गतिविधि एवं सामाजिक कार्यमा तल्लिन व्यक्तित्वहरुलाई हामी यहाँ स्थान दिन्छौ । (भिडियो सहित)

  • ‘ए’ डिजिभन लिग : च्यासल र एपिएफले अङ्क बाँडे

    ‘ए’ डिजिभन लिग : च्यासल र एपिएफले अङ्क बाँडे

    काठमाण्डौं । पुष–१२, शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ०ले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

    ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

    खेलमा पहिलो अग्रता भने च्यासलले लियो । खेलको पहिलो हाफको ३१औँ मिनेटमा च्यासलका खेलाडी सन्तबहादुर गुरुङले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । च्यासलका विश्व अधिकारीले प्रहार गरेको बल एपिएफका सन्तोषकुमार कटवालले गोल लाइनबाट ‘क्लियर’ गरेका थिए, सोही ‘रिबाउण्ड’ बललाई सदुपयोग गर्दै सन्तले गोल गरेका हुन् ।

    त्यस्तै खेलको ४१आँै मिनेटमा पाएको पेनाल्टीलाई एपिएफका खेलाडी सुदीप शिख्राकारले सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बललाई च्यासलका गोलरक्षक दिनेश थापाले विफल पारे । एपिएफका हरि कार्कीलाई च्यासलका देवेन्द्र तामाङले फल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो ।

    खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको च्यासलले दोस्रो हाफमा एक गोल खायो । एपिएफका खेलाडी श्यामकुमार नेपालीले खेलको ५४औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एकरएक गोलको बराबरीमा ल्याए ।

    खेलको ७७औँ मिनेटदेखि च्यासल १० खेलाडीमा सीमित बनेको थियो । च्यासलका गौरव बुढाथोकीले दुई वटा पहेंलो कार्डसहित रातो कार्ड पाएपछि च्यासल १० खेलाडी सीमित बनेको हो ।

    खेलमा ‘म्यान अफ द म्याच’ एपिएफका श्यामकुमार नेपाली घोषित भए । यस खेलसँगै एघार खेल खेलेको एपिएफले १७ अङ्क जोडेको छ भने समान खेल खेलेको च्यासलको १५ अङ्क भएको छ । रासस

  • महान विद्धानहरुका केहि महान र मननयोग्य विचारहरु

    महान विद्धानहरुका केहि महान र मननयोग्य विचारहरु

    काठमाण्डौं । पुष–१२, मानिस सफल हुनको निम्ति कोहि न कोहिबाट प्रेरित भएको हुनपर्छ । प्रत्येक सफल मानिसले आफ्नो सफलताको पछि कुनै व्यक्ति वा कसैको भनाइलाई प्रेरणाको स्रोत मानेको धेरै उदाहरणहरु हाम्रा सामु छर्लङ्ग छन् ।

    कतिपय विद्धानहरुको महत्वपूर्ण वाणीले मानिसको पुरै जीवनलाई परिवर्तन समेत गर्न सक्छ । त्यसैले विद्धानहरुको वाणी वा भनाइहरु जीवनको सफलताको लागी, ज्ञान प्राप्त गर्नको लागी, प्रेरणा प्राप्त गर्नलगायत अनेक तरिकाले लिन सकिन्छ ।

    केहि महान व्यक्तिका केहि महान वाणीहरु

    – अन्त्यतर्फ हामी शत्रूका कठोर शब्दहरू होइन बल्की मित्रका कठोर मौनताहरू सम्झन्छौ । – मार्टिन लुथर किंग

    –मलाई माया गर या घणा गर दुवै मेरो पक्षमा छन् । यदि तिमी मलाई माया गर्छौ भने म सधै तिम्रो हृदयमा हुनेछु र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा । – विलियम शेक्सपियर

    –गुडबाइ भन्ने तिनीहरूका लागि मात्र हो जसले आखाँद्वारा प्रेम गर्दछन् । तिनीहरू जो हृदय र आत्माद्वारा एक आपसमा प्रेम गर्दछन् उनीहरूका लागि विछोड भन्ने नै हुदैन । – रूमी

    –एउटा शत्रूलाई क्षमा दिनुभन्दा एउटा मित्रलाई क्षमा दिन धेरै गाह्रो हुन्छ । – विलियम ब्लेक

    – कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती । – मार्लिन मुनरे

    –सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् । – डोन जुआन

    –मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । – नित्से

    –प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । – सैलस्ट

    –रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । – पाइथागोरस

  • अब डिस होमद्धारा इन्टरनेट सेवा प्रदान गरिने

    अब डिस होमद्धारा इन्टरनेट सेवा प्रदान गरिने

    काठमाण्डौंं । पुष–१२, डिजिटल प्रविधि मार्फत गुणस्तरीय सेवासुविधा प्रदान गर्दै आएको डिस मिडिया नेटवर्कले इन्टरनेट सेवा पनि प्रदान गर्ने भएको छ । डिस मिडियामार्फत आगामि दिनमा इन्टरनेट सेवा समेत प्रदान गर्नका लागी तयारी सुरु गरिएको डिस मिडियामा अध्यक्ष हेमराज ढकालले जानकारी गराएका छन् ।

    स्याटेलाइटका माध्यमबाट डिस होमले ग्राहकहरुमा इन्टरनेट सुविधा प्रदान गर्ने तयारी सुरु गरे पनि यस प्रविधिबाट इन्टरनेट सेवा अलि महङगो हुने हुँदा यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

    नेपालको सुचना प्रणाली पुरानै तरिकाले चलिरहेका कारण यस प्रणालीलाई डिजिटल रुपमा विकास गर्न र डिस होमलाई थप प्रभावकारी बनाउन इन्टरनेट सेवा प्रदान गर्न लागिएको बताइएको छ ।

    इ.सं. २००९ बाट सुरु भएको डिस होमले आज नेपाली बजारमा निकै लोकप्रियता कमाइरहेको छ । डिजिटल प्रविधिबाट गुणस्तरीय सेवा प्रदान गरि ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिरहेको डिस होमले हाल शहर देखि ग्रामीण भेग सबै क्षेत्रका मानिसहरुको मन आकर्षित गरिरहेको छ ।

    ग्राहकहरुका लागि अनेक सुविधाहरुका साथै विभिन्न अवसरहरुमार्फत विभिन्न अफरहरु प्रदान गरेर लोकप्रियता कमाइरहेको डिस होमले ग्राहकहरुको सुविधामा थप गर्दै इन्टरनेट सेवा प्रदान गर्ने भएको हो ।

    टेलिभिजन भएका नेपालका घरहरुमध्ये २५ प्रतिशतमा डिस होमले स्थान जमाइसकेको छ । सेवासुविधामा थप गर्दै जानु र सरकारले एनालग केवलहरु बन्द गराएर टेलिभिजनलाई डिजिटलाइजेसन गराउँदै जाने प्रकृयाले पनि पछिल्लो सयम शहरदेखि गाउँ गाउँ सम्म पनि डिस होमको लोकप्रियता बढेको देखिन्छ ।

  • एक महीनामा पाँच हेलिप्याड निर्माण

    एक महीनामा पाँच हेलिप्याड निर्माण

    गलेश्वर । पुष–१२, आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ ।

    दुई महीनाभित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत एक महीनाको अवधिमा जिल्लाका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाका पाँच वडामा हेलिप्याड निर्माण भइसकेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए।

    प्रजिअ अधिकारीले दिएको जानकारीअनुसार मालिका गाउँपालिका देवीस्थान, मङ्गला गाउँपालिका–२ हिदी, रघुगङ्गा गाउँपालिका–६ पाखापानी, मालिका गाउँपालिका–२ रुम र कुहूँको महभीरमा हेलिप्याड निर्माण भइसकेको छ। अन्य वडामा पनि हेलिप्याड निर्माणका लागि स्थल छनोटको काम भइरहेको जनाइएको छ। एउटा हेलिप्याड बनाउन करीब ३० हजार
    रुपैयाँ खर्च लाग्छ ।

    स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरेको छ। सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।

    विकट वडाको एक बस्तीबाट अर्कोमा पुग्न एक दिनसम्म लाग्ने भएकाले एउटै वडामा तीन वटासम्म हेलिप्याड आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले औँल्याएका छन् । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतसमेत सहज बनाउने विश्वास लिइएको छ ।रासस

  • विद्युत् प्रसारण लाइन परियोजनाविरुद्ध स्थानीयवासी सङ्घर्षमा

    विद्युत् प्रसारण लाइन परियोजनाविरुद्ध स्थानीयवासी सङ्घर्षमा

    लहान । पुष–१२, भारतसँग विद्युत् व्यापार अघि बढाउने उद्देश्यले नेपाल सरकारद्वारा विस्तार गर्न लागेको ४०० केभी हाइटेन्सन विद्युत् प्रसारण लाइन ढल्केवर–दुहबी परियोजनाविरुद्ध सिरहाका स्थानीयवासी सङ्घर्षमा उत्रेका छन् ।

    सरकारले सञ्चालन गरेको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार योजनाका कारण आफूहरु भविष्यमा विस्थापित हुनुको साथै गम्भीर स्वास्थ्य समस्या खेप्नुपर्ने भन्दै स्थानीयपवासीले त्यसविरुद्ध अदालतसम्म पुग्ने चेतावनीसमेत दिएका छन् ।

    विद्युत् प्रसारण लाइन विस्तारका लागि धमाधम पोल गाड्ने र तार जडान हुन थालेपछि आक्रोशित बनेका सिरहाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकाको विभिन्न वडाबाट जम्मा भएका स्थानीयवासीले आज सामूहिक रूपमा पत्रकार सम्मेलन गरी तत्काल काम रोक्न माग गरेका हुन् ।

    विद्युत् विस्तारको नाममा जग्गाधनीसँग कुनै छलफलै नगरी जबर्जस्ती जग्गा अधिग्रहण गरी काम धमाधम अगाडि बढाएको छ, स्थानीय बासिन्दा तथा प्रतिनिधिसभा सांसद सरिता गिरीले भने, “एकातिर जग्गाधनीसँग कुनै सल्लाह गरिएको छैन, एकै पटक सूचना प्रकाशित गरेर अधिग्रहण गरेको जग्गाको मुआब्जा लिन दबाब दिएको छ भने अर्कोतर्फ बस्ती नजिकै हाइटेन्सन विद्युत् विस्तार गर्दा त्यसबाट उत्पन्न हुने स्वास्थ्य जोखिमका बारेमा कुनै अध्ययन पनि गरिएको छैन ।”

    राजमार्ग टाँसिएर विद्युत् लाइन जडान गर्दा यस क्षेत्रको बच्चामा लुकेमियाँ, महिलामा बाँझोपना तथा क्यान्सर हुनसक्ने खतरा साथै कृषि उत्पादनमा समेत ठूलो ह्रास आउने भएकाले आफूहरु चिन्तित बनेको सांसद गिरीले बताए । विद्युत् लाइन विस्तारबाट उत्पन्न हुनसक्ने समस्याका बारेमा आफूले ऊर्जामन्त्री वर्षमान पुन, विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ र विश्व बैंकका पदाधिकारीलाई जानकारी गराइसकेको चर्चा गर्दै सांसद गिरीले मन्त्रीदेखि महानिर्देशकसम्मलाई ध्यानाकर्षण गराउँदा पनि काम नरोकिएकाले अब त्यसविरुद्ध अदालत जाने तयारीमा जुटेको समेत बताए ।रासस

  • शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, शिक्षक फरार

    शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, शिक्षक फरार

    काठमाण्डौं । पुष–१२, शिक्षकको कुटपिट पछि एक छात्रको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत १३ वर्षीय अजय कुमारको शिक्षको कुटाइपछि मृत्यु भएको हो ।

    प्राथमिक तहका शिक्षक सोनालाल यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पुर्‍याइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले बताए । मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए । शिक्षक यादव भने फरार छन् ।

    शिक्षकविरुद्ध ज्यान कसुरमा पीडितबाट उजुरी लिएर विस्तृत अनुसन्धान थालिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।