Category: समाज दर्पण

‘समाज दर्पण’ लाई हामीले समाजको ऐना बनाउने प्रयास गरेका छौं । समाजमा हुने सबै खालका घटना र गतिविधि एवं सामाजिक कार्यमा तल्लिन व्यक्तित्वहरुलाई हामी यहाँ स्थान दिन्छौ । (भिडियो सहित)

  • क्षेत्रपाटीमा भिषण आगलागी , क्षतीको विवरण आँउन बाँकी

    क्षेत्रपाटीमा भिषण आगलागी , क्षतीको विवरण आँउन बाँकी

    काठमाण्डौं । पुष–१२, काठमाण्डौंको क्षेत्रपाटीमा एक जुत्ता पसलमा आगोलागी भएको छ। काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ मा पर्ने क्षेत्रपाटी ईलाकामा रहेको एक जुत्ता पसलमा आज विहान करिब ९ बजे तिर आगोलागी भएको हो ।

    अगो लागेपछि प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । काठमाण्डौं प्रहरी परिसरका डीएसपी होमिन्द्र बोगटीका अनुसार घटनाबारे थप विवरण आउना बाँकि रहेको छ।

  • दुई सन्तानको अभियानमा चेपाङ समुदाय : भन्छन्-‘धेरै जन्माएर के गर्नु, धान्नै सकिन्न’

    दुई सन्तानको अभियानमा चेपाङ समुदाय : भन्छन्-‘धेरै जन्माएर के गर्नु, धान्नै सकिन्न’

    रत्ननगर । पुष–१२, कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखापरिन । उनको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुगेकी हुन् ।

    “धेरै बच्चा जन्माएर के गर्नु, कमाई राम्रो छैन, घर खर्च चलाउनै मुस्किल छ”, उनले भनिन, “दुई सन्तान, ईश्वरका बरदान हुन्, त्यसैले शिविरमा केही परामर्श पाइन्छ कि भनेर आएकी हुँ ।”

    सिद्धि क्षेत्र निवासी गणेश लामाको चार वर्षीया छोरी छिन् । “धेरै सन्तान जन्माउने बस्ती भनेर पहिला चिनिन्थ्योे”, उनले भनिन, “अब सानो परिवार भएको बस्ती भनेर चिनाउनै पर्छ, हामीजस्ता युवाले यो सन्देश दिन लागेका छौँ ।”

    साविकको सिद्धि क्षेत्रमा एकै परिवारमा १८ जनासम्म बालबच्चा एउटै दम्पती भएका उदाहरणसमेत छ । “नयाँ पुस्ता सानो परिवार बनाउने अभियानमा छन्”, आधारभूत विद्यालय कल्याणचौरका प्रधानाध्यापक दिनेश प्रजाले भने, “ पहिला चेतना नभएकाले रोग लागेर मर्ने डरले धेरै सन्तान जन्माउने प्रचलन थियो तर यो अवस्थामा सुधार आएकोे छ ।” उनका अनुसार सिद्धि क्षेत्रमा मात्रै करीब २५० जनाले कक्षा १० सम्मको पढाइ पूरा गरिसकेका छन् । “शिक्षित जनशक्ति तयार भएपछि अहिले थोरै सन्तान बनाउने परिवार बन्न थालको र मृत्युदर तथा जन्मदरमा पनि कमी आएको प्रधानाध्यापक प्रजाले बताउँछन ।
    रेन्तेस गाउँका अगुवा मानबहादुर प्रजा परिवार नियोजन गर्न नमान्ने समुदाय सचेत बन्दै जान थालेको बताउँछन । “थोरै सन्तान चाहने दम्पती धेरै छन्, वडातहमै परिवार नियोजनबारे सेवा दिन सके अझै कमी आउने थियो”, उनले भने, “बन्ध्याकरण गर्न भरतपुर जाँदा निकै सास्ती खेप्नुपर्छ, बेलाबखत गाउँमा हुने शिविरले त्यहाँसम्म जान सहज भएको छ ।”

    कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले वडातहमा स्वास्थ्यचौकी नहुँदा स्थानीयवासीले निकै सास्ती खेप्नुपरेको बताउँछन । चेतनास्तरमा सुधार भएपनि स्वास्थ्य सेवा लिन सास्ती खेप्नुपर्ने भएकाले स्वास्थ्यचौकी र एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य आफूले लिएको उनले जानकारी दिए ।

    नेपाल परिवार नियोजन सङ्घका सदस्य निर्मल पौडेलले शिविरमा १६ महिलाले स्थायी बन्ध्याकरण तयार बताए। “थोरै सन्तान सबैको चाहना बनेको छ”, उनले भने, “घरसल्लाह गरेर बन्ध्याकरण गर्ने प्रतिबद्धता गरेका छन्, आवश्यक परे निःशुल्क सेवा दिन पनि तयार छौँ ।”

    सो अवसरमा ४० जनालेपाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए । “जोखिम अवस्था भेटिएन, सामान्य संक्रमण हुने धेरै आए”, विपी मेमोरिल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम तथा नियन्त्रण विभागका वरिष्ठ नर्स अयोध्या पाठकले भनिन, “बेलाबखत स्वास्थ्य जाँच गर्न नपाएको गुनासो गर्ने धेरै थिए, शिविरलाई अभियानका रुपमा चलाउन सके सम्भावित जोखिम कम गर्न सकिनेछ ।” सो अवसरमा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा करीब १५० जनाको आँखा परीक्षणसमेत गरिएको थियो । रासस

  • दाइजोविरुद्ध मुस्लिम महिलाको अभियान

    दाइजोविरुद्ध मुस्लिम महिलाको अभियान

    विराटनगनर । पुष–१२, ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ नारासहित मुुस्लिम समुुदायका महिलाले विराटनगरमा दाइजोविरुद्ध ¥याली निकालेका छन् ।

    इस्लामी सङ्घ नेपालको आयोजनामा दाइजो विरुद्धको १० दिने देशव्यापी अभियानअन्तर्गत निकालिएको ¥याली नगरका मुख्य मुख्य भागको परिक्रमापश्चात् जिल्ला प्रशासन कार्यालयअगाडि आएर कोणसभामा परिणत भएको थियो । मुस्लिम समुदायका महिला तथा युवायुवती सहभागी रहेको ¥यालीमा सहभागीले ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ छोरीलाई पैतृक सम्पत्तिमा अंश देऊलगायत महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    संस्थाका प्रदेश अध्यक्ष मौलाना जुल्फिकार अलीले छोरीलाई दाइजो सट्टा शिक्षा दिई योग्य बनाउनुपर्नेमा जोड दिँदै दाइजोका कारण महिलालाई यातना दिनु मानव सभ्यता विपरीत कार्य रहेको बताए । इस्लामी सङ्घको देशव्यापीरुपमा दाइजोविरुद्ध अभियानअन्तर्गत विराटनगरमा जनचेतनामूलक ¥याली निकालिएको समितिका सदस्य मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए । रासस

  • कोरियाबाट फर्केका नेपालीलाई नेपालमै रोजगारीको अवसर

    कोरियाबाट फर्केका नेपालीलाई नेपालमै रोजगारीको अवसर

    काठमाण्डौं । पुष–१२, रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ ।

    नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली प्रवद्र्धक रहेका विभिन्न पाँच वटा कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभाग, इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए ।

    उनले भने, ‘भाषा परीक्षा उतीर्ण गरी कोरिया गएका नेपालीले त्यहाँका भाषा, कला संस्कृतिका बारेमा जानकारी हासिल गरेका हुन्छन्, उनीहरुलाई नै विभिन्न कोरियाली प्रवर्तक रहेको कम्पनीमा रोजगार उपलब्ध गराउने समझदारी भएको हो ।’

    कोरियाबाट फर्केका नेपालीले पर्यटक पथप्रदर्शक, कोरियाली लगानी भएको जलविद्युत् आयोजनालगायत विभिन्न क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्ने उनले बताए ।

    मानव संशाधन विभागका उपाध्यक्ष र वल्र्डवक्ता नेपाल शाखा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल, इयु योङहोङ फाउनण्डेसन, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कर्पोरेशन लिमिटेडका प्रतिनिधबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । रासस

  • नेविसङ्घ कार्यकर्ताबीच खुकुरी हानाहान, एक घाइते

    नेविसङ्घ कार्यकर्ताबीच खुकुरी हानाहान, एक घाइते

    पर्सा । पुष–१२, नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) पर्साका कार्यकर्ताबीच बुधबार अपराह्न खुकुरी हानाहान भएको छ ।

    वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई गुटका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयलाई लिएर खुकुरी हानाहान भएको हो ।

    खुकुरी प्रहारमा परी ठाकुरराम बहुमुखी क्याम्पसका नेविसङ्घ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको टाउकामा चोट लागेको छ । घाइते अन्सारीलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गराइएको छ । घाइते अन्सारी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

    जिल्ला अधिवेशनका लागि काङ्ग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिका रुपमा खटाएका केन्द्रीय सहमहामन्त्री लक्ष्मीभक्त खनालको उपस्थितिमा छलफल चलिरहेका बेला नेविसङ्घका कार्यकर्ताबीच विवाद भई खुकुरी हानाहान भएको नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए ।रासस

  • आजको राशिफल

    आजको राशिफल

    काठमाण्डौं । पुष–१२,
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    समय अनुकुल रहनेछ । भौतिक साधन जुटाउन सकिनेछ । अध्ययनमा राम्रो नतिजा हात लाग्नेछ । नयाँ साथी बनाउन सकिएला । विवादास्पद झमेलामा पर्न सकिएला, बोलिबचनमा ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला, चोटपटक लाग्न सक्नेछ सम्भावना छ ।

    बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    शुभचिन्तकहरुको साथ र सहयोगले चिताएको काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । मनमा अनेक किसिमका भावनाहरु पैदा हुनाले वेचैन हुन सक्छ । प्रेम सम्बन्धमा सोचेभन्दा राम्रो परिस्थिति आउनेछ । अध्ययनमा समय दिन नसकिएला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
    बुद्धिले काममा सफलता हात पार्न सकिनेछ । अरुको बहकाउमा नलाग्नुहोला । गोपनियतामा ख्याल राख्नुहोला । आफ्नाहरुबाट नै धोका हुन सक्छ । व्यवसायीक यात्राको अवसर जुट्नेछ । आम्दानिमा वृद्धि हुनेछ । दाम्पत्य जीवन सुखमय रहला ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परिस्थिति केहि असहज रहेपनि हानि भने नहोला । गलत आक्षेपले मन खिन्न बनाउन सक्छ । प्रेम प्रस्ताव आउन सक्ने सम्भावना प्रवल छ भने आफुले राखेको प्रस्ताव स्वीकृत हुन सक्नेछ । आफन्तबाट भने केहि टाढिनु पर्ने अवस्था आउला ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    रोकिएका काम पुन दोहो¥याएर गर्दा फाइदा हुनेछ । लामो समय पछि पुराना साथीहरुसँग भेट हुनेछ । मिष्ठान्न भोजनको योग छ । सामाजिक काममा समय दिनु पर्दा आफ्नो काम नभ्याइएला । सोचेको काम पुरा हुनेछ ।

    कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    बुद्धिको उपयोगले काम बन्नेछ। परिवारको साथ र सहयोगले चिताएको काम बन्नेछ । नयाँ साथी बनाउन सकिएला । रमाइलो यात्राको अवसर छ । वैदेशिक क्षेत्रबाट आम्दानि हुनेछ । अध्ययनमा मन नजाला ।

    तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अरूका लागि जुट्नुपरे पनि आफ्नै भाग्योन्नति हुनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। मायाप्रेममा पर्न सकिएला ।

    बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    केही झमेला आउन सक्छन्। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। तापनि चुनौती पार लगाउन सकिनेछ। डाहा गर्नेहरुले काममा बाधा पु¥याउन खोजेपनि आफ्नो मेहनेतले जित्नेछ । दाजुभाईविचको सम्बन्ध मजबुत बन्नेछ ।

    धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    सुरुमा प्रियजनसँग भेटघाट हुनाले रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त भए पनि खर्चको मात्रा भने बढ्नेछ। व्यवसायमा राम्रै फाइदा हुनेछ। गलत व्यक्तिको संगत गर्न पुग्दा फसिएला । विवादास्पद परिस्थितिबाट टाढा रहेकै वेस हुनेछ ।

    मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    प्रतिस्पर्धीहरूले दुस्ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँटले चिताएको काम सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतको उपलब्धि प्राप्त हुनेछ। तापनि प्रतिस्पर्धीहरूले केही दुस्ख दिन सक्छन्। रोकिएका काम दिहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    केही चुनौती देखापरे पनि आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ ।