Category: Uncategorized

  • जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको प्रचण्डको दाबी

    जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको प्रचण्डको दाबी

    काठमाडौँ । असार १७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको सूचना आफूले पाएको दाबी गरेका छन् ।

    पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर आफूहरूले अर्को दुर्घटना नहोस् भनेर देशको लागि चिन्ता गरेको दाबी गरे । त्यो बीचमा जनतामाझ देश अर्कै युगमा जाँदैछ भन्ने परिचर्चा समेत हुँदै गरेको स्मरण गरे ।

    ‘नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अकैं युगमा जाँदैछ भन्ने चर्चा परिचर्चा हुँदै थियो । पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन्,’ प्रचण्डले भने, ‘नारायणहिटी सफा गर्न लगाउने भनेपछि कस्तो त स्थिति रु जनता र नेताको सम्बन्ध कटेको छ । कार्यकर्तासँग पनि कटेको छ । असाधारण परिस्थितिबाट देश गुज्रिएको थियो । २६ गते यो देशलाई अर्को दुर्घटनाबाट बचाउने भन्नेतिर हाम्रो दिमाग गएको थियो । हामी आफूलाई के हुने भन्ने कुनै टेन्सन थिएन ।’

    उनले आफूहरू त्यतिबेला संसद् विघटनको पक्षमा नभएको पनि बताए । यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठन गर्न पत्र लेखेको उनले दोहोर्‍याए ।

    ओलीकै सिफासिर देखेपछि आफूहरूले पनि देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको सुनाए ।

    ‘केपी ओलीको चिठि देखेपछि अन्तरिम सरकार बनाउने वैधता पुग्यो भन्ने लाग्यो । हामीले प्रस्तावित गरेका होइनौं । त्यो केपी ओलीजीले नै हो अन्तरिम सरकारको प्रधानमन्त्री सिफारिस गरेको हो,’ प्रचण्डले भने, ‘हामीले देशलाई अर्को दुर्घटनातिर लानबाट बचाउनका लागि त्यो स्वीकारेको हो । हामीले संसद् विघटन गर्ने कुरा गरेका थिएनौं । हाम्रो सहमति थिएन । नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै गर्नुपर्छ भन्ने थियो । हामीले अन्तिम समयसम्म पनि त्यही भनिरहेका थियौं ।’

     

  • कांग्रेसको सदस्यता अद्यावधिक अभियान सफलतापूर्वक सम्पन्न

    कांग्रेसको सदस्यता अद्यावधिक अभियान सफलतापूर्वक सम्पन्न

    काठमाडौँ । जेठ २९, नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले सदस्यता अद्यावधिक अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

    विभिन्न राजनीतिक अवरोधका बाबजुद पनि छोटो समयमा ८० प्रतिशतभन्दा बढी सदस्यताको अद्यावधिक कार्य पूरा भएको उनको भनाइ छ । संयोजक पौडेलले यसलाई कांग्रेसको डिजिटल रूपान्तरणको महत्वपूर्ण उपलब्धि भनेका छन् ।

    उनले अद्यावधिकको सफलताले पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत र पारदर्शी बनाउने अपेक्षा गरिएको पनि बताए । अद्यावधिक प्रक्रियाले सदस्यहरूको तथ्यांकलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न सहयोग पुग्ने र आगामी दिनमा पार्टी गतिविधिहरू सञ्चालन गर्न डिजिटल पूर्वाधार बलियो हुने पौडेलको भनाइ छ ।

    कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको अद्यावधिक कार्यमा अधिकांश क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको बताएका छन् ।

    उनका अनुसार बिहीबार राति १२ बजेसम्ममा वडा सभापतिमार्फत ५ लाख ३८ हजार ६२२ जनाले ‘एनसी आईडी’ (कांग्रेस परिचयपत्र) प्राप्त गरेका छन् । एक लाख ४९ हजार ३०९ जनाले वडा सभापतिमार्फत अद्यावधिकका लागि फारम पेश गरेको र सदस्यता अद्यावधिक कार्यको प्रक्रियामा रहेको पनि दुलालले बताए ।

    जसअनुसार कांग्रेसका छ लाख ८७ हजार ९३१ जना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक हुने देखिएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार सात लाख ८२ हजार २०९ सदस्यहरू अद्यावधिकका लागि योग्य थिए ।

     

  • काठमाडौं महानगर यातायातले १६ वटा विद्युतीय बस सन्चालनमा

    काठमाडौं महानगर यातायातले १६ वटा विद्युतीय बस सन्चालनमा

    काठमाडौं । जेठ २० , महानगर यातायात प्रा।लि।ले नयाँ विद्युतीय बसहरुमार्फत सेवा विस्तार गरेको छ । बुधवारदेखि काठमाडौंको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस सन्चालनमा आएको हो ।

    ३३ सिट क्षमताका नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रीहरुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको छ । उक्त बसहरुमा एकै पटक ७० हाराहारी यात्रीले यात्रा गर्न सक्ने बताइएको छ ।

    शशिला मोटर्स प्रा।लि।ले चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने बताइएको छ ।

    उक्त बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ । अत्याधुनिक र सुविधासम्पन्न बसमा आरामदायी सिट र यात्री सुरक्षाका हरेक प्रबन्ध मिलाइएको शशिला मोटर्स प्रा।लि।ले जनाएको छ ।

    महानगर यातायात प्रालिले गत वर्ष असारमा १२ वटा विद्युतीय बसहरु काठमाडौंको चक्रपथभित्र सञ्चालन गरेको थियो ।

    थप १६ वटा नयाँ विद्युतीय बसहरुको सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिएका छन् । सुरुवाती लगानी ठूलो भए पनि व्यवसायिक दृष्टिकोणले विद्युतीय बसहरु उपयुक्त भएको उनको भनाइ छ ।

    सचिव नेपालले व्यवसायीका लागि आय आर्जनका हिसाबमा राम्रो देखिएको भन्दै अन्य यातायात व्यवसायीलाई समेत विद्युतीय बस सञ्चालनमा जान सुझाव दिएका छन् । सरकारले पछिल्लो समय ५० युनिट भन्दा बढी विद्युत खपतमा लगाएको करमा विद्युतीय सवारी साधन सन्चालकका लागि छुट दिन उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

    महानगर यातायात प्रा।लि। सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बसको सफल सन्चालनपछि पुनस् बसहरु थपिएको जानकारी दिएका छन् । विद्युतीय बसहरु सन्चालन खर्च र प्राविधिक सरलताका कारण झन्झट विना चल्ने भएकाले डिजेल बसभन्दा झण्डै चार गुणा आम्दानी गरिरहेको पनि उनले जानकारी दिएका छन् ।

    महानगर यातायात प्रालिले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म पनि बससेवा सञ्चालन गर्दै आएको छ ।

    शशिला मोटर्सबाट उपलब्ध हुने बिक्रीपछिको सेवा गुणस्तरीय, प्रभावकारी र चुस्त भएकाले शशिलासँग सहकार्य गर्दा आफूहरु खुसी रहेको उनले बताएका छन् ।

    महानगर यातायात प्रा।लि। लाई बसको चावी हस्तान्तरण गर्दै शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले अबको आवश्यकता ठूला आकारका विद्युतीय बसहरुको प्रवर्द्धन नै भएको बताएका छन् । खतिवडाले यी बसहरु व्यवसायी र यात्रीको लागि मात्रै नभएर देशकै आवश्यकता भएको पनि बताएका छन् ।

    शशिला मोटर्स विश्वका उत्कृष्ट ब्राण्डका सबैखाले व्यवसायिक विद्युतीय सवारी साधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यका साथ नेपालको कमर्शियल इभी क्रान्तिको नेतृत्व गर्दै अघि बढिरहेको उनको भनाइ छ । गाडी बिक्री गर्ने मात्रै नभएर आफ्टर सेल्स इको सिस्टमलाई प्राथमिकतामा राखेर शशिला मोटर्स अघि बढिरहेको उनले जानकारी दिए ।

     

     

  • सदनमा उपस्थित हुने नहुने विषयमा प्रधानमन्त्रीसँग संवाद गर्छु : सभामुख

    सदनमा उपस्थित हुने नहुने विषयमा प्रधानमन्त्रीसँग संवाद गर्छु : सभामुख

    काठमाडौँ । बैशाख ३० , सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन् ।

    उनले भोलिको बैठकको विषयमा प्रधानमन्त्रीसँग संवाद गरेर कार्यव्यवस्था समितिको बैठकमा छलफल गर्ने बताए । तर कांग्रेस सांसदले अवरोध जारी राखे ।

  • सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परे

    सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परे

    काठमाडौँ । बैशाख १८, बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन् ।

    मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् । ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’

    पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६र१७ वर्षदेखि बस्दैआएको थियो ।

    उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले भने मृतकको परिचय र मृत्युको कारण खुलाएको छैन । परिवारसँगको सम्पर्कमा पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

  • ठमेलबाट पक्राउ परेका २० विदेशी महिला एक वर्षलाई डिपोर्ट

    काठमाडौँ । बैशाख ४, ठमेलबाट पक्राउ परेका २० विदेशी महिला एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भएका छन् ।

    ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने र यौनधन्दामा लागेको आरोपमा २० जना युगाण्डाका महिला पक्राउ परेका थिए । ११ चैतमा समातिएका उनीहरुलाई अभद्रको कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेबाट मुद्दा चलाइएको थियो ।

    अभद्रको कसुरमा जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई १० हजार धरौटीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

    प्रशासनको आदेशपछि छुटेका उनीहरुलाई अध्यागन विभाग बुझाइएको थियो । अध्यागमनले एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरेको हो ।