Category: Uncategorized

  • राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस

    राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस

    काठमाडौं । मंसिर २८, राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।

    राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच नेपालको संविधानको धारा २६६ उपधारा ३ बमोजिम प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेकी हुन् ।

     

  • एमाले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी

    काठमाडौं । मंसिर २८, नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र जारी भएको छ । भृकुटीमण्डपमा केहीबेर अघिदेखि बन्दसत्र शुरू भएको हो ।

    बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिलाई स्वागत गर्दा महाधिवेशन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गर्नुभयो ।

    बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।

     

  • शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    काठमाडौं । मंसिर ८, प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् ।

    २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।

    स्रोतका अनुसार दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।

    विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । तर, कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन ।

    शीर्ष नेताहरूसँगको छलफलका लागि प्रधानमन्त्री कार्कीले यही साताभित्रै निम्तो पठाउनसक्ने उक्त स्रोतको दाबी छ ।

     

     

  • आज पनि बस्दै रास्वपाको केन्द्रीय समितिको बैठक 

    आज पनि बस्दै रास्वपाको केन्द्रीय समितिको बैठक 

    काठमाडौं । असोज ८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

    हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजेबाट  केन्द्रीय समितिको बैठक बस्नेछ ।

    हिजोको बैठकमा ६ वटा प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आज पनि धारणा राख्नेक्रम जारी रहनेछ । त्यसपछि सम्बन्धित पादधिकारीले जवाफ दिनेछन् ।

    प्रवक्ता झाका अनुसार लगभग १० सदस्य र पदाधिकारीहरूले बोल्न बाँकी छ । त्यसपछि अरू तीन एजेन्डाहरूमा छलफल बाँकी रहेका छन् ।

    विभिन्न सात एजेण्डा सहित रास्वपाको केन्द्रीय समितिको बैठक हिजोदेखि सुरु भएको हो । एजेण्डाहरूमा पार्टीको महाधिवेशन, परिवर्तित अवस्थामा, पार्टी संगठन एवं विभाग र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा छ । आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ ।

  • वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर सञ्चालनमा रोक

    वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर सञ्चालनमा रोक

    काठमाडौं । असोज ७, वीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ ।

     

     

    नेपालीहरूको मुख्य चाड दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र आमनागरिकको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यलय काभ्रेले एक सूचना प्रकाशित गर्दै ६(२२ असोजसम्म ९घटस्थापनादेखि पूर्णिमासम्म० जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।

    यस अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने सूचनामा उल्लेख छ ।

    अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागु नहुने सूचनामा छ ।

     

     

     

  • प्रचण्डले ५२ पदाधिकारीहरूको नियुक्ति सदर गर्ने सर्वोच्चको फैसला गलत भएको टिप्पणी

    प्रचण्डले ५२ पदाधिकारीहरूको नियुक्ति सदर गर्ने सर्वोच्चको फैसला गलत भएको टिप्पणी

    काठमाडौं । असार २४, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका ५२ पदाधिकारीहरूको नियुक्ति सदर गर्ने सर्वोच्च अदालतको फैसला गलत भएको टिप्पणी गरेका छन् ।

    ‘अब अदालतले निर्णय नै सकेपछि त्यो अदालतको निर्णयलाई मैले गलत इन्टरप्रेटेसन त गर्न चाहन्नँ । तर जे भयो बेठीक भयो भन्ने त मलाइ लागेकै छ,’ अध्यक्ष प्रचण्डले भने, ‘जसरी दुईजनाले अध्यादेशबाट त्यतिबेलाको परिस्थितिमा बडो गलत ढंगले, संविधानको मर्मविपरीत, कानूनको मर्मविपरीत, जबरजस्ती नियुक्ति गरिएको त्यसलाई यत्रो वर्ष लगाएर सदर गरियो । यो त मिलेको छैन ।’

    उनले अदालत पनि यही समाजकै अंग भएकाले प्रभावित हुनसक्ने टिप्पणी पनि गरेका छन् । अध्यक्ष प्रचण्डले संविधान निर्माणका बेला संवैधानिक अदालतको कुरा चलेको स्मरण पनि गरे ।

    ‘संवैधानिक अदालतबारे पनि त्यति संविधान बनाउने बेलामा नि कुरा चलेको चाहिँ थियो नै । अदालतको पुनर्संरचनाबारे नयाँ ढंगले जानुपर्छ भन्ने बहस नि उठेको थियो । तर त्यसमा हामी सहमत हुन सकेनौं,’ प्रचण्डले भने, ‘अब अदालत पुरानै रूपमा राख्दाखेरि के भइरहेको छ भन्ने अब दुनियाँले देखिराखेकै कुरा छ ।’

    उनले थप भनेका छन्, ‘यसलाई कहीँ न कहीँ हामीले संविधान संशोधन गर्दा अदालतको विषय पनि, सदनको विषय पनि, अहिले सदनमा नि जस्तो जस्तो भइराखेको देखिया छ नि, यी सबै विषयलाई पनि विचार गरेर अलिकति परिमार्जनतिर जानुपर्छ ।’

    अध्यक्ष प्रचण्डसँग अनलाइनखबरले गरेको विस्तृत अन्तर्वार्ता आजै प्रसारण हुने छ ।