केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने पाँच दलको निर्णय

सहयात्रा टिभी

बैशाख ६, २०७४ । सत्तारुढ र प्रतिपक्षीसहित प्रमुख पा“च दल बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान भएको छलफलमा निर्वाचन कार्यातालिका प्रभावित नगरी तोकिएको मितिमा मुलुकभर एकै चरणमा निर्वाचन गर्ने निर्णय भएको बैठकमा सहभागी नेताहरुले बताउनु भएको छ । यस्तै, बैठकले मधेशी मोर्चालाइ सहमति ल्याउन अन्तिम समयसम्म पनि प्रयास गर्ने निर्णय गरेको छ । यसअघि सत्तारुढ दलकै केही नेताहरुले दुइ चरणमा निर्वाचन गर्न सकिने बताउ“दै आउनु भएको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा तथा फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।।।

प्रकाशित : 19 April, 2017

प्रतिक्रिया दिनुहोस्