केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बीपी कोइराला क्यान्सर अस्पतालमा काम गर्न आचार्यको बाटो खुुला

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी प्रमुखका रुपमा काम गर्न डा.विजयचन्द्र आचार्यलाइ बाटो खुला गरेको छ । निर्देशक आचार्यबिरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेपछि आचार्यको बाटो खुलेको हो । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको थियो । डा. आचार्यबिरुद्ध सोही अस्पतालका डा. अनिलविक्रम कार्की, डा. लक्ष्मीनारायण सिंह, डा. कृष्णसागर शर्मा, डा. बालकृष्ण थापा, डा. देजकुमार गौतम, डा. विजयराज न्यौपान लगायतले रिट दायर गरेका थिए । उनीहरुले आफूभन्दा कनिष्ठ र कम अनुभवीलाई निर्देशक बनाएको भन्दै निर्देशकबाट हटाउन माग गरेका थिए ।
सर्वोच्चले उक्त रिटमाथि थप छलफल गर्न भन्दै विपक्षीलाई छलफलका लागि समेत बोलाउने निर्णय गरेको छ । अस्पताल सञ्चालक समितिको २४ गतेको बैठकले डा. आचार्यलाई निर्देशकमा नियुक्त गरेको थियो । समितिले निर्देशकमा खुला रुपमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धामा आएकामध्ये कार्ययोजना र अन्तर्वार्ताका आधारमा उत्कृष्ट रहेका डा. आचार्यलाई समितिले छनोट गरेको हो ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्