गोर्खाको मण्डली माद्यामिक विद्यालयको पर्खाल भत्किदा एक घाइते, एकको मृत्यु
सहयात्रा टिभी
गोरखा । गोरखाको सिरानचोक ५ छोप्राकमा एक विद्यालयको पर्खाल भत्किदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । छोप्राकस्थित मण्डली माद्यामिक विद्यालयको पर्खाल शनिवार विहान भत्किदा सो घटना भएको हो ।
सो बिद्यालयको वरीपरीको पर्खाल लगाउँदै गर्दा भत्किएर नवलपरासी गैडाकोटका २८ बर्षीय गोविन्द सुवेदीको मृत्यु भएको हो भने नवलपरासी गैडाकोटकै १८ बर्षीय सुवास गन्धर्व घाइते भएका छन् ।