केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाको प्रदेश नं ५ मा थप आन्दोलन चर्काउने तयारी

सहयात्रा टिभी

काठमाडौं । राजपाले प्रदेश नं ५ मा अझै आन्दोलन चर्काउने तयारी स्वरुप अघी बढेको छ। यहि असार १४ गते हुन गईरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा प्रभावित गर्ने गरी आन्दोलन गर्ने घोषणा गरेका छन् । चुनावलाई मध्यनजर गर्दै आन्दोलन चर्काउने उदेश्यले राजपाका शीर्ष नेता प्रदेश ५ मा आन्दोलन चर्काउने रणनीतिसहित शनिबार नवलपरासीतर्फ लागेका हुन् । अध्यक्ष महन्थ ठाकुर, राजकिशोर यादव, राजेन्द्र महतो र अनिल झा नवलपरासी पुगेका छन् ।
राजपाले ५ नम्बर प्रदेशअन्तर्गत आफ्नो पकड रहेका नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा आन्दोलन चर्काउने रणनीति वमोजिम अघि वढेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूलाई बैठकमा प्रदेश नं. २ र ५ को निर्वाचन सार्ने कुरामा आश्वस्त गराए पनि २ को मात्रै चुनाव सारेको अध्यक्षमण्डलका नेता अनिलकुमार झाले बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीको बोलीमा आएको परिवर्तन र उनको एमालेप्रतिको लचकता देखिएको कारण पनि प्रदेश नं. ५ को निर्वाचन नसरेको झाले ताएका छन्।

दुई नम्बर प्रदेशमा केन्द्रित भएको आन्दोलनलाई राजपाले पाँच नम्बर प्रदेशसम्म पुर्‍याएको छ । राजपाको शुक्रबार बसेको बैठकले दोस्रो चरण निर्वाचन सक्रिय बहिष्कार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्