मुग्लिन–नारायणगढ सडकमा पहिरो जाँदा बाटो अवरुद्ध, ५० मिटर बाटो भासिएकाले तत्काल सडक सुचारु नहुने

सहयात्रा टिभी

काठमाडौं । अविरल वर्षका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो जाँदा सो सडक अवरुद्ध भएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको सेती दोभान, भोर्लेपुल, १७ किलो, चारकिलो, कालीखोला लगायत १० भन्दा धेरै ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरोले गर्दा जुगेडीबाट मुग्लिनतर्फ गाडी पास गराइएको छैन भने काठमाडौंबाट जाने गाडी पनि मुग्लिनमा नै रोकिएको छ । पहिरोका कारण सडक नै भासिएकाले तत्काल सडक सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 31 August, 2017

प्रतिक्रिया दिनुहोस्