केन्याको राष्ट्रपतीय चुनाव रद्द, पुनः ६० दिनभित्र अर्को चुनाव गर्न अदालतको आदेश
सहयात्रा टिभी
एजेन्सी । अफ्रिकी देश केन्यामा भएको राष्ट्रपतीय चुनाव रद्द भएको छ । केन्याको सर्वोच्च अदालतले गत महिना अगस्ट ८ मा भएको राष्ट्रपतीय चुनाव रद्द गरेको हो । चुनावमा अनियमितता भएको पुष्टि भएको भन्दै सर्वोच्च अदालतले गएको भएको चुनाव रद्द गर्दै अबको ६० दिनभित्र फेरि चुनाव गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश डेविड मारागाले सो चुनाव संविधानतः नभएको बताउँदै त्यसलाई अमान्य घोषणा गरेका हुन् । चुनावमा राष्ट्रपति उहुरु केन्याटा विजयी भएका थिए तर विपक्षीले भने चुनावमा केन्याटाले अनियमितता र धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।