बुधबारदेखि सोह्रश्राद्ध सुरु

सहयात्रा टिभी

काठमाडौं । आज देखि सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरि १६ दिनसम्म गरिने सोह्रश्राद्ध बुधबारदेखि सुरु भएको हो । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, त्यही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्परा रहेको छ ।

‘सोह्रश्राद्ध पितृ तृप्तीका लागि पूण्यतम् पर्वको रुपमा मान्दै यस समयमा सबै पितृले आश गर्ने भएकाले सक्नेले १६ दिन, नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँशीसम्म, त्यो पनि नसक्नेले दशमीदेखि औँशीसम्म र त्यो पनि नसक्नेले पिताको मृत्यु भएको तिथिमा आस्था निष्ठापूर्वक श्रद्धा गर्ने परम्परा रहेको छ । आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्षमा आसोचका कारण श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म, त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औँशी अर्थात गाई तिहारे औँशीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

 

प्रकाशित : 6 September, 2017

प्रतिक्रिया दिनुहोस्