भारततर्फ निकासी गर्न लागिएको २१ किलो चरेससहित दुई पक्राउ

सहयात्रा टिभी

बाँके । नेपाल प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट ठूलो परिमाणमा लागु औषध चरेससहित दुईजनालाई नियन्त्रणमा लिएको छ । भारततर्फ निकासी गर्न लागिएको चरेस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले शुक्रबार पत्रकार सम्मेलन गरी बरामद गरिएको २१ किलो चरेससहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा डुडुवा–२ का ५४ वर्षका फेरन अहिर र ७० वर्षका मुरी अहिर रहेका छन । उनिहरुको साथवाट नियन्त्रणमा लिईएको लागु औषध चरेसको मूल्य अन्दाजी तीन लाख ६० हजार रुपैयाँ पर्नेे प्रहरीले जनाएको छ ।

प्रकाशित : 8 September, 2017

प्रतिक्रिया दिनुहोस्