भारतको पुरन्दरपुरमा सवारी दुर्घटना : सात नेपालीको मृत्यु, सनाखत हुन बांकी

सहयात्रा टिभी

बुटवल । भारतको महाराजगञ्ज जिल्ला पुरन्दरपुर क्षेत्रको देउपुर गाउँमा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ । गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मृतक कारका चालक सुनौली कोतवालीका ३८ वर्षीय हाफिजको सनाखत भएको छ । कारका चालक बाहेक अन्य मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ ।

प्रकाशित : 8 September, 2017

प्रतिक्रिया दिनुहोस्