स्थानीय तहका लागि एकैपटक ५ सय गाडी किन्ने सरकारी तयारी

सहयात्रा टिभी

काठमाडौं । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका लागि गाडी किन्ने गृहकार्य अघि बढाएको छ । मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानिय तहका लागि एकैपटक ५ सय गाडी किन्न लागेको हो । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौं कमिसनको खेल रेहेको स्रोतको दाबी छ ।

मन्त्रालयको गृहकार्यअनुसार केन्द्रबाट एकैपटक करिब ५ सय गाडी किनिनेछन् । कार्यदलले अहिले सडक सञ्जालसँग जोडिएका सबै स्थानीय तह र ती तहसँग भएका सवारीसाधनको विवरण संकलन गरिरहेको स्रोतले भनेको छ । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजय गच्छदारको रुचिमा मन्त्रालयले गृहकार्य थालेको हो । सबै स्थानीय तहका लागि केन्द्रबाट एकमुष्ट गाडी किन्दा आउने करोडौं कमिसन आउने भएकाले एकैपटक यति ठूलो संख्यामा गाडी खरिद गर्न लागिएको आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित : 22 September, 2017

प्रतिक्रिया दिनुहोस्